नेपाल आदिवासी जनजाति महासंघको अपीलः जनगणनामा सही तथ्यांक भरौं

 लिम्बुवान न्युज
                       

कार्तिक २४ । नेपाल आदिवासी जनजाति महासंघले भोलि कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने १२औं राष्ट्रिय जनगणनामा सचेत भएर सहभागी हुन आह्वान गरेको छ ।

जनगणना सुरु हुने पूर्वसन्ध्यामा बुधबार अपील जारी गरेर महासंघले जनगणनामा आदिवासी जनजाति समुदायले आफ्नो जातीय पहिचान स्थापित हुनेगरी सहभागिता जनाउन अपील गरेको हो ।

१०/१० वर्षमा आयोजना हुने राष्ट्रिय जनगणनाले देशको सम्पूर्ण जनसंख्या तथा बसोबासको स्थितिलाई सही र आधिकारिक तरिकाले चित्रण गर्नुपर्ने भन्दै महासंघले नेपालमा बसोबास गरिरहेका सबै जनसंख्याका भाषा, धर्म, सांस्कृतिक विशिष्टता, पृथक् जात तथा जातीय अवस्थालाई जनगणनामा न्यायोचित र विधिसम्मत् तरिकाले नसमेटिएसम्म कुनै पनि जनगणना तथ्यपरक र विज्ञानसम्मत् नहुने जिकिर गरेको हो ।

जारी अपीलमा भनिएको छ –‘त्यसैले हाम्रा जनसांख्यिक विशेषता जे हो, जनगणनामा त्यही देखिनुपर्छ । दशकौँदेखि आदिवासी जनजातिहरूले त्यही भन्दै आएका छन् । तर पनि विगतका जनगणनाको परिणाम हाम्रा लागि कतिपय अवस्थामा तथ्यांक होइन, मिथ्यांक साबित भयो । अब मिथ्यांक मात्र भन्दै हात बाँधेर बस्नु हुँदैन, बरू सही तथ्यांक बनाउन सक्रिय हुनु आवश्यक छ । यस पटकको जनगणनालाई आदिवासी जनजातिहरूले सही तरिकारले प्रयोग गर्दै हाम्रो सामाजिक संरचनाको वस्तुगत विशेषता र बहुलता अनुसारको जनगणना बनाऔँ । यसको लागि अबको पन्ध्र दिन जागरूक रहौँ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले संविधान र राज्यमा आदिवासी जनजातिको पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको भन्दै महासंघले राज्य व्यवहारतः आदिवासी जनजातिको भाषा, संस्कृति र धर्ममैत्री बनिनसकेको दावी गरेको छ । तथ्यगत, भरपर्दो र विश्वसनीय तथ्यांक निर्माण गर्न आदिवासी जनजातिहरू सजग रहन अति जरूरी रहेको जिकिर गर्दै उसले भनेको छ –‘जनगणनामा देखाउने हाम्रो सजगता र रचनात्मक हस्तक्षेपले मात्र एकल जात–जातीय, भाषिक, सांस्कृतिक र धार्मिक मिथ्यांकलाई सच्याउन महत्वपूर्ण भूमिका खेल्छ । अनि मात्र हामी पनि राज्यको तथ्याङ्कप्रति विश्वस्त हुने स्थिति बन्छ ।

महासंघले अपीलमार्फत जनगणनाका लागि घरघरमा आउने गणकहरुले लिने तथ्यांकका विषयामा मुख्य विभिन्न ८ वटा वुँदाहरुमा ध्यान दिन र सही विवरण उल्लेख गराउन आह्वान गरेको हो ।

यस्ता छन् मुख्य वुँदा
१) आ–आफ्नो जाति/जनजातिको नाम, मातृभाषा, पुख्र्यौली भाषा, धर्म प्रष्ट रूपमा लेख्न लगाउने । आफ्नो मौलिक पहिचाजनित धर्म नभएको र आदिवासी जनजातिहरूमाथि औपनिवेशिक राज्यले निरन्तर जर्बजस्त रूपमा थोपरिएको धर्म ‘हिन्दू धर्म’ नलेखाउने । जाति, भाषा, धर्मबारे आफू सङ्लग्न/सम्बन्धित आदिवासी जनजाति समुदायको प्रतिनिधिमूलक संगठन/संस्थाले गरेको निर्णयअनुरूप लेखाउने । जाति, धर्म, मातृभाषाजस्ता महल दुरूस्त भरे/नभरेको हेर्ने ।
२) परिवारका सङ्ख्या अक्सर घरैमा बसोबास गर्नेको सङ्ख्या लेखाउने, सँगसँगै परिवारमा अक्सर नबस्ने स्वदेशमा वा विदेशमा बसोबास गर्नेको संख्या खुलाउने ।
३) पूरा भएको उमेर, वैवाहिक स्थिति (१० वर्षभन्दा माथिकाले मात्र), पढ्न–लेख्न जानेको/नजानेको (५ वर्षभन्दा माथिकाले मात्र), यदि जानेको भए कतिसम्म पास गरेको र कलेज, विश्वविद्यालय स्तर उत्तीर्ण गरेको भए कुन विषयमा कति भन्ने प्रष्टसँग लेखाउने ।
४) जन्मस्थान जिल्ला, देश कहाँ भएको, हालसम्म आमा (१५–४९ वर्षका महिलाले मात्र)को गर्भबाट जन्मेको, जीवित, मरेको र कुल छोराछोरी खुलाउने ।
५) घरपरिवारमा कोही शारीरिक अपाङ्गता भएमा कस्तो प्रकारको हो, प्रष्टसँग खुलाउने ।
६) घरपरिवारमा लैङ्गिक तथा यौनिक अल्पङ्ख्यक भएमा कस्तो प्रकारको हो, प्रष्टसँग खुलाउने ।
७) गएको एक वर्षमा कुनै आम्दानी हुने काम गरेको छ भने के काम गरेको, कहाँ गरेको, नगरेको भए के कारणले नगरेको खुलाउने ।
८) प्रश्नावली भरिरहँदा गणकले विभिन्न कोड भर्दा सही कोड भरेको–नभरेकोबारे यकिन गर्ने । गणकले पेन्सिल वा मेट्न मिल्ने सामग्रीले लेखेको छ भने डटपेन प्रयोग गर्न लगाउने, आदि ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...