आज १३७औं फाल्गुनन्द जयन्तीः विश्वभरी विविध कार्यक्रम गरी मनाइदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवादाता, कार्तिक २५ । नेपालका १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको १३७औं जन्म जयन्ती विश्व भरीका किरात अुनयायीहरुले मनाउँदैछन् । आज देश विदेशका विभिन्न स्थानहरुमा र किरात माङहिमहरुमा पुजा अर्चना गर्दै महागुरुको स्तुति गर्ने प्रचलन रहेको छ ।

किरात धर्मावलम्बीहरुले फाल्गुनन्दलाई किरात धर्मका महागुरुको रुपमा पुज्ने गर्दछन् । वि.सं. १९४२ कात्तिक २५ गते इलामको साविक इभाङ ५ चुक्चिनाम्बा (हाल माङसेबुङ गा.पा. २)मा जन्मेका फाल्गुनन्दको न्वारानको नाम नरध्वज लिङदेन थियो । उनी सानैमा विरामी भई अस्वस्थ्य भइरहेपछि फलामका चुरा लगाइदिएपछि मात्र निको भएको भन्ने जनविश्वास भएपछि कालन्तरमा उनको नाम फलामसिं हुँदै फाल्गुनन्द राखिएको जानकार र विभिन्न पुस्तक लेखहरुबाट स्पष्ट पारिएको छ ।

उनी १६ वर्षको कलिलै उमेरमा सैनिक जागिर खाएर पहिलो विश्वयुद्धको समयमा सन् १९१४ मा बर्मा पुगेका थिए । विश्वयुद्धमा मानव–मानवबीचको हत्या हिंसा र काटमार देखेपछि उनी सैन्य जागिर छाडेर स्वदेश फर्किएको उनको जिवनीमा उल्लेख गरिएको छ । नेपाल फर्किएपछि हाल पाँचथरको फिदिम नगरपालिका ३ चोकमागु लगायतका लिम्बुवान क्षेत्रमा लिम्बू समुदायमा देखिएका कुरिती कुसंस्कार विकृति विसंगीतलाई सुधार गरेर लानु पर्छ भन्दै दिनरात आफ्नो समुदायप्रति घामपानी नभनी लागिपरेर सचेतना कार्यक्रम गर्दै समाजसुधारको काम गरी किरात जातीहरुको अगुवाई गर्नु हुने फाल्गुनन्दको सबैले स्तुती गर्ने गरेको पाइन्छ ।

फाल्गुनन्दले मुन्धुम, भाषा, लिपि, संस्कार, संस्कृति, समाज सुधार लगायतमा गर्नुभएको उच्च योगदानको कदर गर्दै राज्यले २०५० सालमा उनको स्मरणमा हुलाक टिकट प्रकाशित गरेको थियो । महागुरु फाल्गुनन्दको योगदानलाई उच्च सम्मान गर्दै पहिलो संविधानसभाबाट २०६६ साल मंसिर १६ गते १६औं राष्ट्रिय विभूतिको रूपमा घोषणा गरेको थियो ।

उनले बि.स. १९८८ वैशाख २५ गते तत्कालीन १० लिम्बुवान १७ थुमका सामाजिक व्यक्तित्वहरुको भेला गराइ पाँचथर जिल्लाको चोकमागुस्थित लव्रेकुटिमा धर्म, संस्कार र संस्कृतिमा देखा परेका विकृति, कुरिति र कुसंस्कारको विरुद्ध १० बुँदे सत्य धर्म मुचुल्का तयार गरी लागू गराएका थिए । वहाँले गर्नभएको मुचुल्का हालपनि किरातीहरुले आफ्नो दस्तावेजको रुपमा स्वीकार गरेका छन् । महागुरुको यो कार्यलाई स्मरण गर्दै समाजसुधारकका रूपमा चिनिने गरिएको छ ।

महागुरु फाल्गुनन्दको कार्यलाई तत्कालीन १०४ बर्षीय राणा जहानीय शासनले देशद्रोही घोषित गरि नेल लगाई काठमाडौं पु¥याइएका थिए । भाषा, लिपि, संस्कार, संस्कृति संरक्षण संवद्र्धन प्रति उनको देनलाई सम्मान गर्दै काठमाडौंबाट नेलमुक्त भएका थिए ।

महागुरु फाल्गुनन्दको योगदानको कदर गर्दै उनका अनुयायीहरु र किरात धर्मावलीहरुले देशका विभिन्न स्थानहरुमा उनको शालिक निर्माण गरिएको छ भने किरात धर्मावलम्बीहरुले निर्माण गरेका विभिन्न माङहिम, धार्मिक क्षेत्रहरु सिलौटी, लोब्रे, कुम्मायक, कुस्सायक, चुलाचुली हात्तिलेदा, माङसेबुङ, इभाङ चुक्चिनाम्बा लगायत सबै माङहिम त्यसैगरी विभिन्न देशमा छरिएर रहेका किरात धर्मावलम्बीहरुले आजको दिन फाल्गुनन्द जयन्तीको रुपमा धुमधाम पुजा गर्ने गर्दछन् । उनको सम्मानमा विभिन्न संघसंस्था, उद्योव व्यवसाय, स्कुल, चोक लगायतमा नामाकरण गरिएको पाइन्छ ।

महागुरु फाल्गुनन्दको बि.स. २००५ मा ६३ वर्षको उमेरमा पाँचथरको इम्बुङ हालको फाल्गुनन्द गाउँपालिकाको हाङयकमा निधन भएको थियो । उनको पार्थिव शरिर सिलौटीमा राखिएको छ ।

किरात धर्मावलम्बीहरुले कार्तिक २५ गतेलाई फाल्गुनन्दको स्मृतिमा राष्ट्रिय विदा घोषणा गर्न माग गरेता पनि स्थानीय तहका सरकारहरुले बाहेक यो मागलाई प्रदेश सरकार र संघ सरकारले बेवास्ता गर्दै आएको किरात धर्मका अगुवाहरु बताउँछन् ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...