लिम्बुवान मञ्चद्वारा प्रदेश १ का सामाजिक राज्यमन्त्री तुम्बाहाम्फेलाई सम्मान

 लिम्बुवान न्युज
                       

पथरीशनिश्चरे, मोरङ। संघीय लिम्बुवान मञ्च, नेपाल मोरङ जिल्ला कार्य समितिले प्रदेश नम्बर १ का सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेलाई सम्मान गरेको छ । मञ्चको उपाध्यक्ष तथा प्रदेश १ का प्रदेशसभा सदस्य समेत रहेकी तुम्बाहाम्फे मञ्चको तर्फबाट गठबन्धन सरकारमा सहभागी भएकि हुन् ।

बुधबार पथरीशनिश्चरेस्थित सिरीजंगा धार्मिक बनमा मन्त्री तुम्बाहाम्फेलाई लिम्बुवान जिल्ला कार्य समितिले सम्मान गरेको हो । सम्मान कार्यक्रममा जिल्लाका नेताहरुले मन्त्री तुम्बाहाम्फेलाई खादा, माला र पुष्प गुच्छाले सम्मान गरेका थिए ।

जिल्ला अध्यक्ष जीवन खेवाको सभाध्यक्षतामा आयोजित कार्यक्रममा मञ्चका प्रान्तीय उपमहासचिव चन्द्रसिंह नेम्बाङ, प्रान्तीय सचिवालय सदस्य दिलु लिङदेन लावती, केन्द्रीय सदस्यहरु रामहर्क खम्बु राई, धनप्रसाद सावा लगायत पहिचान सदस्य, जिल्लाका सबै पदाधिकारी एवम् विभिन्न पालिकाका नेताहरुको उपस्थिति रहेको थियो ।

यसअघि मन्त्री तुम्बाहाम्फेलाई गृह जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा जिल्लाको विर्तामोड र दमक त्यसैगरी लिम्बुवान जिल्ला कार्य समिति सुनसरीले विराटनगरमा नै सम्मान कार्यक्रम गरेको प्रशासकीय महासचिव अशोक चेम्जोङले लिम्बुवानखबरलाई बताएका छन् ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...