“छेक्यो मायालु” बोलको गीतको म्यूजिक भिडियो छायांकन सम्पन्न

 लिम्बुवान न्युज
                       

फेदेन, लिम्बुवानखबर संवाददाता। ‘छेक्यो मायालु’ बोलको गीतको म्युजिक भिडियोको बिहिवार छायांकन सम्पन्न भएको छ । सुरेश अधिकारीको शब्द÷संगीत र तारा लावतीको स्वर रहेको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् ।

उक्त भिडियोको छायांकन पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत ठाउँहरुमा गरिएको छ । माता पाथीभरा फिल्मस प्रा.लि. ललितपुरद्वारा निर्माण गरिएको म्युजिक भिडियोको निर्माता किशोर सुब्बा रहेका छन् ।

सञ्जय आचार्यले छायांकन गरेको उक्त गीतको शृङ्गारमा अमृता जबेगु, प्रकाश संयोजन निस्चल आचार्य, ड्रोन अपरेटर फुङ्सो जबेगु र नृत्य निर्देशन निङ्वा नेम्बाङले गरेकी छन् ।

गीतमा मधुराज केरुङ, रुपा तुम्रोक, निङ्वा नेम्बाङ, तरा लिङ्देन, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघाको अभिनय हेर्न पाइने छ । बिक्रम सम्बत २०५४ सालमा लिम्बू चलचित्र ‘आनि साक्थिम’ मा बाल कलाकारहरुको रुपमा देखिएका कलाकारलाई नै फेरि मोडलको रुपमा राख्न पाउँदा खुसी लागेको आनि साक्थिमका लेखक निर्देशक किशोर सुब्बाले बताए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;