पहिचानवादी नेता खपाङ्गीका पत्नी विद्याको निधन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता, २६ कार्तिक । आदिवासी पहिचानको आन्दोलनका चर्चित नेता स्व. गोरेबहादुर खपाङ्गीका पत्नी विद्या खपाङ्गी मगरको निधन भएको छ ।

नेपाल मगर संघका अनुसार सोमबार ७२ वर्षको उमेरमा खपाङ्गी पत्नी मगरको निधन भएको हो । नेपालका नेल्सन मण्डेलाले सुपरिचित पहिचानवादी नेता, पूर्व मन्त्री एवम् नेपाल मगर संघका पूर्व अध्यक्ष साथै राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव स्व.गोरेबहादुर खपाङ्गी पत्नी मगर गोरेबहादुर खपाङ्गी फाउन्डेशनका संस्थापक संरक्षक एवम् नेपाल मगर संघको सल्लाहकार समेत थिइन् ।

उनको मङ्गलबार काठमाडौंस्थित पशुपतिनाथको आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । मगरको निधनमा नेपाल मगर संघ र गोरेबहादुर खपाङ्गीले दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना समेत प्रकट गरेको छ । फाउन्डेसनका अध्यक्ष हुमबहादुर पचभैया थापा मगर र नेपाल मगर संघका उपाध्यक्ष गंगा खासु मगरले शोक सन्देश प्रकाशित गर्दै दुःख व्यक्त गरेका छन् ।

नेता गोरेबहादुर खपाङ्गीको निधन सन् २०१६ को अगष्ट २७ मा दुर्घटनामा परी उपचारका क्रममा भएको थियोे ।

सम्बन्धित समाचार

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

;