लिम्बुवान मञ्च सुनसरीको तेस्रो अधिवेशन शुरु

 लिम्बुवान न्युज
                       

धरान, विजयपुर, २६ कार्तिक । संघीय लिम्बुवान लिम्बुवान मञ्च, नेपाल सुनसरी जिल्लाको तेस्रो अधिवेशनको खुल्लासत्र शुरु भएको छ । धरानको इजिराइडरमा कार्यक्रमका प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले पानसमा दिपप्रज्वल गरेर कार्यक्रमको उदघाटन गरेका हुन् ।

मञ्चका जिल्ला अध्यक्ष अमर इजमको अध्यक्षतामा भईरहेको कार्यक्रमका जिल्लाका सबै स्थानिय पालिकाहरु, क्षेत्रीय प्रतिनिधिहरु र वार्डका प्रतिनिधिहरुको सहभागी रहेका रहेको छ । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमुक्ति पार्टी लगायत पार्टीका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा आ–आफ्नो पार्टीको तर्फबाट शुभकामना मन्तव्य समेत राखेका छन् ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष तथा माननीय सामाजिक प्रदेश राज्य मन्त्री विष्णु तुम्बाहम्फे, प्रान्तीय महासचिव अशोक चेम्जोङ, उपमहासचिव दिल कुमार लावती, संघीय दलित मुक्ति मञ्चका अध्यक्ष रमेश गजमेर त्यसैगरी संघीय सचिवालय सदस्यहरु, प्रान्तीय नेताहरु, जिल्ला नेताहरुको उपस्थिति रहेको छ ।

आजै बेलुका बन्दसत्रबाट नयाँ कार्य समिति समेत चयन गर्ने अध्यक्ष इजमले बताए । त्यसैगरी धरान उपमहानगर पालिका कार्य समितिको तेस्रो अधिवेशन पनि आजै सम्पन्न गर्दै नयाँ कार्य समिति चयन गरिने नगरअध्यक्ष सञ्जुहाङ साँवाले बताएका छन् ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...