नयाँ सरकारले पुरानो निर्णयहरु पुनरावलोकन गर्छ : सामाजिक विकास मन्त्री यादव

 लिम्बुवान न्युज
                       

दमक, २६ कार्तिक । भीम आचार्य नेतृत्वको सरकारका पालामा भएका नियुक्ति र निर्णयहरु पुनरावलोकन गरिने प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवले बताएका छन् ।

अघिल्लो सरकारका निर्णय र राजनीतिक नियुक्तिलगायत विषयहरु पूनरावलोकन गर्ने सैद्धान्तिक निर्णय नयाँ मन्त्रिपरिषद्ले गरिसकेको मन्त्री यादवको भनाइ थियो । यादवले भने –‘जे जस्ता नियुक्तिहरु भएका छन्, तिनको पुनरावलोकन गरिनेछ । असंवैधानिक नियुक्तिहरु बदर हुनेछन् ।

बिहीबार झापाको दमकमा समाजवादी विद्यार्थी युनियनको अगुवाईमा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै यादवले भीम आचार्य मुख्यमन्त्री भएपछि राजनीतिक स्वार्थबाट प्रेरित भएर सबै बजेट बाँड्ने काम भएको भन्दै गठबन्धन सरकार बनेसँगै अब ती सबैमा पुनरावलोकन गरिने जानकारी दिए ।

समयावधि धेरै नरहे पनि आफूले प्रदेशका जनताको हितमा काम गर्ने र जनभावनाको सम्मान गर्ने यादवको भनाइ थियो । उनले सङ्घीयतालाई कार्यान्वयन गर्ने सवालमा वर्तमान सरकारले कुनै कसर बाँकी नराख्ने जिकिर गरे ।

जसपा निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थी नेताहरुको अगुवाईमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश नम्बर १ अध्यक्ष प्रवीण चाम्लिङलगायत प्रदेशका नेता सहभागी थिए । विद्यार्थी नेता सुनिल राईले स्वागत गरेको कार्यक्रममा युवा र विद्यार्थीहरुको उल्लेखनीय सहभागिता थियो ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...