लिम्बुवान मञ्चको झापा अध्यक्षमा ५ जनाको दावी

 लिम्बुवान न्युज
                       

दमक, २९ कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति झापाले छैटौ जिल्ला अधिवेशन मंसीर २ गते बिर्तामोडमा हुने भएको छ । मञ्चले शनिवार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अधिवेशन गर्ने बताएको हो ।

अधिवेशन सम्पन्न गर्नका लागि मञ्चले विभिन्न उपसमिति निर्माण गरेको जनाएको छ । मञ्चले आर्थिक उपसमितिको संयोजकमा अमित खम्बु्, सदस्यमा तिर्थराज पौडेल र बुद्धिमान तामाङ, स्टेज ब्यवस्थापन तथा अतिथि सत्कार संयोजकमा ज्वाला इम्बुङ, सदस्यमा नारायण तामाङ र शिबकुमार राई, प्रचारप्रसार÷जनपरिचालन÷यातायात ब्यवस्थापन संयोजकमा राजा आङथुपो, सदस्यमा विजय ठाडा मगर, कृष्णबहादुर सेन्दाङ, लीलानाथ आङदेम्बे, बिक्रम चेम्जोङ, अमर माबोहाङ र प्रताप निङलेखु रहेका छन् ।

अधिवेशन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को प्रमुख आतिथ्यमा सम्पन्न हुने जिल्ला अध्यक्ष धनबहादुर पन्धाकले सम्मेलनमा जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा ५ नेताहरुले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । मञ्चको मंसीर २ गते हुने अधिवेशनमा अध्यक्ष पदका लागि हालका बरिष्ठ उपाध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष ज्वाला इम्बुङ, उपाध्यक्ष अमित खम्बु, सचिब आङथुपो र सचिव तिर्थराज पौडेलले आ–आफ्नो उम्मेद्वारी पत्रकार सम्मेलनमै घोषणा गरेका छन् ।

अधिवेशनका लागि अनुमानित १० लाख खर्च हुने र उक्त खर्च जिल्लाभरका ७ हजार सदस्यबाट साथै विभिन्न संघ÷संस्थाबाट जुटाइने अध्यक्ष पन्धाकले बताए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...