प्रदेश १ सरकारको राजनैतिक संयन्त्र कार्यदलमा लिम्बुवानबाट महासचिव चेम्जोङ्

 लिम्बुवान न्युज
                       

विराटनगर, लिस । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको तर्फबाट महासचिव अशोक चेम्जोङ् प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने कार्यदलको सदस्य बनेका छन् ।

प्रदेश १ को पाँचदलीय गठबन्धनले सरकार संचालनमा सहजता होस् भन्नका लागि कार्यदल बनाएको हो । यसैगरी कार्यदलमा नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाको नेतृत्वमा माओवादी सांसद धिरेन शर्मा, एकीकृत समाजवादीका सांसद राजन राई, जसपाबाट सांसद रामचन्द्र तुम्बा रहेका छन् ।

प्रदेश १ मा सत्तारुढ पाँच दलीय गठबन्धनले उच्चस्तरीय राजनीतिक संयन्त्र बनेपछि उक्त कार्यदल बनाइएको महासचिव चेम्जोङ्ले बताए । संघमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति बनेको केही दिनपछि १ नम्बर प्रदेशमा पनि नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा राजनीतिक संयन्त्र बनेको हो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...