पूर्वाञ्चल दैनिक आजबाट २७औं बर्षमा प्रवेश

 लिम्बुवान न्युज
                       

झापा, १ मंसिर । लेटर प्रेसबाट शुरु भएको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २७ वर्षमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगरपालिका–१ मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालिद्वारा प्रकाशन हुँदै आएको दैनिक पत्रिका हो ।

पूर्वाञ्चल दैनिक आज मंसीर १ गते २६ बर्ष पूरा गरी २७ बर्षमा प्रवेश गरेको हो । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका हो ।

संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल २७ वर्षमा प्रवेशको पूर्व सन्ध्यामा विज्ञप्ति जारी गरी अहिलेसम्मको यात्रामा साथ दिने, सहयोग गर्ने सबैलाई कृतज्ञता ज्ञापन गरेका छन् ।

२७ वर्ष प्रवेशसँगै पत्रिकाले विभिन्न जातिको भाषा लिपिको संरक्षण र विकासमा टेवा पु¥याउन विभिन्न भाषामा सामग्री प्रकाशन गरिरहेको छ । प्रदेश–१ मै पहिलोपटक पूर्वाञ्चल दैनिकले गत वर्षबाट किरात सिरीजङ्गा लिपिको सामग्री पाक्षिक रुपमा प्रकाशन गर्दै आएको छ ।

प्रदेश–१ का विभिन्न जिल्ला तथा भारतको केही स्थानमा समेत प्रत्यक्ष रुपमा पत्रिकाको विक्री वितरण हुँदै आएको पूर्वाञ्चल दैनिकले प्रविधिको विकाससँगै उगचधबलअजबमिबष्थि.अयm नामक अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्न सफल भएको छ । यसमार्फत ताजा अपडेट र रंगीन ई–पेपर मोवाइलबाटै पढ्न पाठकलाई सहज भएको छ ।

कोरोना भाइरसका कारण मुलुक नै अप्ठ्यारो अवस्थामा रहँदा पनि पत्रिका प्रकाशनलाई निरन्तरता दिएको पूर्वाञ्चल दैनिकले आम पाठक तथा विज्ञापनदाताको मन जित्न सफल भएको छ । पत्रिकालाई अझ जिम्मेवार र गुणस्तरीय बनाउनका साथै अनलाइनलाई सशक्त बनाउने उद्देश्यले अनलाइनमार्फत विभिन्न कार्यक्रमहरु तथा सूचनालाई प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्दै आएको प्रधानसम्पादक एकराज गिरीले बताए । श्री अन्तु प्रकाशन प्रालिद्वारा प्रकाशित पूर्वाञ्चललाई मोफसलमा पहिलोपटक कर्पाेरेट हाउसको रुपमा बिकास गरेर लाने प्रधान सम्पादक गिरीको भनाइ छ ।

यता पत्रिकको बजारलाई अझ बिस्तार र व्यवस्थित गर्ने योजना रहेको व्यवस्थापक चन्द्रकान्त ढकालले बताए । परिवर्तित समयलाई मध्यनजर गर्दै छिटो र प्रभावकारी ढङ्गबाट हरेक क्षेत्रका समाचार तथा जानकारीलाई श्रव्य–दृश्य मार्फत अगाडि बढाउने योजना अनुसार आगामी दिनमा अनलाइनमा श्रव्य–दृश्य सहितको समाचार बुलेटिनको तयारी भइरहेको अनलाइन समाचार संयोजक नरेन्द्र ढकालले बताए ।

पूर्वमै विश्वासनीय सञ्चारमाध्यमका रुपमा अगाडि बढिरहेको पूर्वाञ्चल दैनिक पाठकमाझ लोकप्रिय रहेको छ ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...