प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

 लिम्बुवान न्युज
                       

विराटनगर, १ मंसिर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा बुधबार भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गरेका हुन् ।

९२ सदस्यीय प्रदेश सभामा राईले ५० मत पाए भने उनको विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । बुधबारको बैठकमा एमालेका ४१ मध्ये १३ सभा सदस्य अनुपस्थित थिए ।

एमालेका प्रदेश सभा सदस्य बाहेक सत्ता गठबन्धन दलका सदस्यहरुले राईको पक्षमा मतदान गरेका हुन् ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...