लिम्बुवान मञ्च इलामको अध्यक्षमा विपीन योङया निर्वाचित

,   लिम्बुवान न्युज
                       

इलाम बजार, १ मंसिर । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति इलामको तेस्रो अधिवेशनको खुल्ला सत्र इलामको गौतमबुद्ध सभाहलमा शुरु भएको छ । मञ्चका प्रान्तीय उपाध्यक्ष डुपछिरीङ काजीको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनको बन्दसत्रले विपीन योङयाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

बुधबार सम्पन्न अधिवेशनले योङयाको अध्यक्षतमा ३१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । निर्वाचित कार्य समितिको उपाध्यक्षमा फूलकुमार सेर्मा, विरेन सम्बाहाम्फे, सनबहादुर योङहाङ, पूर्ण फत्र निर्वाचित भएका छन् । त्यसैगरी समितिको सचिवहरुमा अम्बिका योङहाङ, जित कुमार मुखिया र राजन लिम्बु निर्वाचित भएका छन् भने अर्थसचिवमा सम्झना लावती पनुः निर्वाचित भएकी छन् । त्यसैगरी सचिवालय सदस्यहरुमा सीता लावती, विर बहादुर सेर्मा, प्रेमसिं थेगिम, दुर्गा देगिम, प्रसान्त राई, टंक बहादुर नुगो, सुस्मा फागो निर्वाचित भएका छन् ।

यसरी नै जिल्ला कार्य समिति सदस्यहरुमा टिकानाथ भट्टराई, धनराज योङहाङ, दुर्गासिं योङया, सन्त कुमार राई, लाल बहादुर चाम्लिङ, केहेर सिं लावती, रमेश फत्र, सन्तोष इवा, शिव केरुङ, सन्जीव मगर, विरेन थेवे, अमित चेम्जोङ, बालछिरिङ लेप्चा, फाल्गुनन्द योङहाङ र विष्णु कुरुम्फङ निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष काजीले नवनिर्वाचित समितिलाई विधान अनुसार सफत गराउँदै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन् । यसैगरी मञ्चका प्रान्तीय महासचिव शान्ता योङहाङ, उपमहासचिव दिलकुमार लावती, संघीय सचिवालय सदस्य हेम बहादुर लिम्बु, सुख बहादुर थेगिम, प्रान्तीय सदस्यहरु सन्तोष तुम्बापो, कुमार तुम्बापो, गोविन्द योङहाङ, राम नुगो लगायत नेताज्यूहरुले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका छन् ।

कार्यक्रममा इलाम जिल्ला अध्यक्ष दिपक योङहाङको अध्यक्षतामा रहेको छ भने स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष विरेन सम्बाहाम्फेको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई जिल्ला सचिव अम्बिका योङहाङले संचालन गरेका छन् । कार्यक्रममा जिल्लाको सबै पालिकाहरुबाट दुईसय प्रतिनिधिहरुको सहभागीता रहेको थियो । प्रतिनिधिमूलक उपस्थिति रहेको अधिवेशनमा लिम्बु जातीहरुको केलाङ र सांगीतिक कोशेली समेत पस्केका थिए ।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;