लिम्बुवान झापा अध्यक्षमा नगेन्द्र राई सबंसम्मत निर्वाचित

 लिम्बुवान न्युज
                       

विर्तामोड, ३ मंसिर । लामो कसरतपछि आज विहान २ बजे संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति झापाले छैठौं जिल्ला अधिवेशनबाट नयाँ अध्यक्ष पाएको छ । लिम्बुवान आन्दोलनमा लामो समयदेखि निरन्तर लढिरहेका नगेन्द्र राई झापा जिल्ला अध्यक्षमा पाँच बर्षको लागि चुनिएका छन् ।

मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको संयोजकत्वमा गठित पाँच सदस्यीय निर्वाचन मण्डल र केन्द्रीय नेताहरुको सहजीकरणमा सर्वसहमतमा राई अध्यक्षमा घोषित भएका हुन् । पाँच जना नेताहरुले दावी गरेका अध्यक्ष पदका प्रत्यासी तीनले राईलाई नै अघि सारेपछि राई र अमित खम्बू बिच अध्यक्षमा लामो रस्साकस्सी भएको थियो ।

लामो प्रयासपछि राईको अध्यक्षतामा ३६ सदस्यीय झापा जिल्ला कार्य समिति बनेको छ । खम्बूलाई बरिष्ठ उपाध्यक्षमा सर्वसहमति गराएपछि विहान साढे दुई बजे सफत गराई बन्दसत्र सम्पन्न भएको छ । बरिष्ठ उपाध्यक्ष खम्बूसँगै उपाध्यक्षहरुमा राजा आङथुपो, नारायण तामाङ्, बबिता राई, प्रेम थेवे र करण योङहाङ रहेका छन् । त्यसैगरी सचिवमा तिर्थराज पौडेल, विकास ठाडा मगर, कृष्ण सेन्दाङ रहेका छन् ।

यसरी नै सचिवालय सदस्यहरुमा राम बहादुर लिम्बु, दया सागर आचार्य, वि.एम. लक्सम, दलकुमार सेर्मा, सुनिल राई, बुद्धविर गुरुङ, ललित तुम्म्रोक, प्रेम बहादुर फोम्बो, जयप्रकाश धिमाल, सुमनसिंह लिम्बु, प्रदिप राई, सोनाहाङ राई निर्वाचित भएका छन् भने सदस्यहरुमा खड्ग बोखिम, टेक बहादुर तुम्सा, चन्द्रकला नेयोङ, मेघराज इधिङ्गो, राम राई, जनम चेम्जोङ, अर्जुन लावती, टिकाराम योङहाङ, दिनेश शिवा, मन बहादुर फियाक, चक्र खेवा, चन्द्र साम्सोहाङ, लाख बहादुर नेम्बाङ र झहरमान फागो सर्वसहमतिले निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक गुरुङले सफल गराउँदै प्रमाणपत्र वितरण गरेका छन् भने नव निर्वाचित अध्यक्षले प्रतिवद्धता मन्तव्य राख्दै आगामी आफ्नो कार्यकालमा थप संगठनलाई मजबुत बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसैगरी अन्त्यमा नवनिर्वाचित समितिलाई मञ्चका प्रान्तीय उपमहासचिव तथा संचार विभाग प्रमुख दिल कुमार लावतीले शुभकामना दिदैं संगठनलाई एकढिक्का बनाई झापामा आगामी चुनावहरुमा लिम्बुवानको झण्डा गाढेर शिर उच्च पार्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...