लिम्बुवान सामाजिक मञ्च साउदी अध्यक्षमा बसन्त चेन्जी माबो निर्वाचित

,   लिम्बुवान न्युज
                       

साउदी अरब, १९ नोभेम्बर । संघीय लिम्बुवान सामाजिक मञ्च साउदी अरबको तेश्रो अधिबेशन सम्पन्न भएको छ । शुक्रबार राती सम्पन्न अधिवेशनले बसन्त चेन्जी मावोको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

संघीय लोकतान्त्रिक रास्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मन्च नेपालका केन्द्रिय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमले नयाँ नेतृत्व गठन गरेको हो । अध्यक्ष मिराकले भर्चुअल जुम मार्फत सम्बोधन गर्दै नव कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बिशिस्ट अथिती नेपाल राजदुतावास रियादका द्दितिय सचिव श्रीमती तारा गौतम, नेपाल आदिबासी जनजाती महासघ साउदी अरबका अध्यक्ष श्री खेम तमुले नव निर्वाचित कार्य समितिलाई बधाइ तथा शुभकामना दिदैं प्रवासमा रहेर पनि लिम्बुवान मञ्चले राजनैतिक गतिविधि गरिरहेको र आफ्नो पहिचान र अस्तित्वको लागि लडिरहेकोले मुलुकमा एक दिन परिवर्तन हुने बताए ।

कार्यक्रममा अतिथि संघीय सदस्य तथा साउदीका संरक्षक श्री यक्वा, सल्लाहकार रोशन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्यकै क्रममा संरक्षक यक्वाले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न तह र तप्काबाट आर्थिक, नैतिक भौतिक सहयोग गर्नुहुने सम्पुर्ण संघ, सस्था, सगठन, बुद्धिजिवि र मिडियाकर्मीहरुलाइ हार्दिक आभार प्रकट गरेका थिए ।

अधिवेशनले अध्यक्ष मावोको अध्यक्षतामा ३६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्ष लोकेन्द्र फियाक, उपाध्यक्षहरुमा खड्ग आङदेम्बे, भिमा लिम्बु, टेकबहादुर पौडेल, केन्द्र लिम्बु त्यसैगरी महासचिवमा सुमन सहयात्री योङहाङ, उपमहासचिवमा मोतिराज चेम्जोङ, सचिवमा मोतिहाङ सोदेम्बा, अर्थसचिवमा प्रेम इजम लिम्बु, सहसचिवमा सविन लिम्बु र सहअर्थसचिवमा सन्चमान लिम्बु निर्वाचित भएका छन् ।

यसरी नै सदस्यहरुमा क्रमशः पुस्पा राइ, ऐत बहादुर लिम्बू, राममाया तामाङ, लोकबहादुर लिम्बू, चित्रकुमार चाम्लिङ राई, राजेश माबो लिम्बू, जयन्ती अन्छङ्बो, तुम्हाङ लिम्बू, जेम्स माङ्लाक, सन्तोष काम्बाङ, इन्दिरा श्रेष्ठ, योगकुमारी लिम्बू, बमबहादुर लिम्बु, लोकबहादुर फागो, विजय प्रकाश लिम्बु, प्रेम लिङ्देन, सुर्य मगर, अनन्त बिक, रामकुमार लिम्बू, सुमन सिंह, दलबहादुर लिम्बु, गिता थापा, राजकुमार राई र सचिन कुमार लिम्बु रहेका छन् ।

त्यसैगरी प्रमुख संरक्षकमा पुनः श्रीप्रसाद यावालाई सर्वसहमतिमा जिम्मेवारी दिइएको छ भने प्रमुख सल्लाहकारमा रोशन श्रेष्ठ, सल्लाकारहरुमा सन्जय तुम्बाहाम्फे, भगिश्वर मावो चयन भएका छन् ।

 

सम्बन्धित समाचार

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते खुलामञ्चमा हुने

काठमाडौँ, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २:०० बजे महाधिवेशनको औपचारिक...

झापा बुद्धशान्ती-४ का २६ परिवारले पाए लालपुर्जा

झापा, १३ असोज / भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित शान्तिनगरका २६ जना अव्यवस्थित बसोबासीलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच भूमि समस्या...

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

;