सिक्किममा चासोक तङनामसँगै याक्थुङ आईडलको फाइनल हुने

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । भारतको सिक्किममा बसोबास गर्ने लिम्बु समुदायले मौलिक पर्व चासोक तङनाम(उधौली चाड) यसबर्ष पनि भव्य रुपमा मनाउने भएका छन् । आफ्नो संस्कार संस्कृतीलाई संरक्षण तथा संबद्र्धन गर्ने उदेस्यले पुर्व सिक्किमको रानिपुल स्थित मेलाटारमा आउदो डिसेम्बर १० देखी १२ तारिखसम्म लिम्बु समुदायले छैटौ चासोक तङनाम उल्लासका साथ मनाउने तयारी भएको बताइएको छ ।

यसपटक पनि नियारा प्रोडक्शनले आयोजना गर्न लागेको चासोक तङनामको अवशरमा धेरै लिम्बु समुदायले मन पराएको याक्थुङ आईडल सिजन–१ को पनि फाईनल हुने नियारा प्रोडक्शनका संयोजक नियारा ताम्लिङ लिम्बुले बताइन । लिम्बु गीत संगीतलाई विश्वसामु चिनाउनका लागी आयोजना गरिएको याक्थुङ आईडलको पहिलो र दोस्रो अडिसन सिक्किममा सम्पन्न भईसकेको छ ।

कार्यक्रममा नेपाली तथा सिक्किमे गायक गायिकाकोे भाषिक तथा लिम्बु मौलिकताजन्य प्रस्तुती रहने आयोजकले जनाएको छ । कलाकारहरुले प्रत्येक दिन याक्थुङ साम्लो, हाक्पारे, पालाम साम्लो, ख्याली लगायत नेपाली गीतहरु पनि गाउने कार्यक्रम तय भएको छ ।

पुर्व सिक्किम, दार्जि्िलङ, कालिम्पोङ, वेस्ट वंगाल लगायतका स्थानमा बसोबास गर्दै आएका हजारौ लिम्बु, तुतु तुम्याङ, थाङबेन, मेन्छिङ, वालक, वृद्ध तरुणहरुको सहभागिता रहने सो कार्यक्रममा लिम्बुहरुको मौलिक नृत्य प्रतियोगिता, मौलिक खेलहरु, केःलाङ, हाक्पारे साम्लो, ख्याली साम्लो, थाक्थुङ जातिय खानाको स्टल र सांस्कृतिक महत्व तथा चिनारी बोकेका सामाग्रीहरुको प्रदर्शन हुने भएको छ ।

सिक्किममा जन्मेर आफ्नौ मौलिक लिम्बु सस्कृतीलाई जगेर्णा गर्ने र युवापुस्तामा पनि आफ्नोपन र जातिय बिषेशताको दृष्टबोध गराउने उदेस्यले प्रत्येक साल कार्यक्रमको आयोजना गर्ने गरिएको कार्यक्रम संयोजक नियारा ताम्लिङको भनाई छ ।

पछिल्लो समय अन्य सभ्यताको प्रभावले लिम्बु संस्कार तथा मौलिकतामा असर पुग्दै गएपनि सिक्किममा भने लिम्बुहरुको भाषा, लिपी, संस्कार, सस्कृति, रितिरिवाज, मौलिक परम्परा, रहन सहन सुरक्षित रहेको पाईन्छ । सिक्किम, दार्जि्िलङ, कालिम्पोङ लगायतका लिम्बु समुदायको बसोबास रहेको क्षेत्रमा चासोक तङनामको साथमा लिम्बुहरुको मौलिक चाड तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुँदै आएको छ ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;