लिम्बुवान सामाजिक मञ्च साइप्रस अध्यक्षमा भरत तुम्बाहाम्फे

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ६ मंसिर । संघीय लिम्बुवान सामाजिक मञ्च, साइप्रसको दोस्रो अधिवेशन सम्पन्न भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले जुम मार्फत उद्घाटन गर्नुभएको अधिवेशनले भरत तुम्बाहाम्फेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

आइतबार सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा सम्झाना लिम्बु, उपाध्यक्षहरुमा मनकुमारी लिम्बु, अमृता राई निर्वाचित भएका छन् भने महासचिवमा मञ्जु खुदाङ, सचिवमा ढगेन्द्र लिम्बु र अर्थसचिवमा सोनिया लिम्बु चयन भएका छन् । यसरी नै सदस्यहरुमा शंकर पोख्रेल, बेबी लिम्बु, सुमना लिम्बु, लिला लावती, मचिन्द्र लिम्बु, सबिना लिम्बु र मिना लिम्बु चुनिएका छन् ।

यसैगरी साइप्रस संरक्षकमा बालकुमार लिम्बुलाई राखिएको छ भने सल्लाहकारमा निता लिम्बmु देवी लावती, लक्ष्मी लिम्बु र कुसिला लिम्बु रहेका छन् ।

जुम मार्फत सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नयाँ कार्य समितिलाई बधाई दिएका छन् भने आगामी महाधिवेशन पश्चात पार्टीलाई थप मजबुत र उच्चाईमा पु¥याउन सबै क्षेत्रबाट एक ढिक्का भएर लाग्न अपिल गरेका छन् । कार्यक्रममा अन्तराष्ट्रिय समन्वय मञ्चका संयोजक चन्द्रकुमार लिङदेनको विशिष्ट उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्राविधि पक्षको सम्पूर्ण जिम्मेवारी शंकर पोख्रेलले लिएका थिए ।

सम्बन्धित समाचार

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...