नाल्बो सेवा समाज नेपालको अध्यक्षमा मोहन कुमार नाल्बो

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । नाल्बो सेवा समाज नेपालको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार धरानस्थित लाङ्घाली सामुदायिक भवनमा सम्पन्न अधिवेशनले मोहन कुमार नाल्बोको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।

सेरेङ चोङबाङ सयङका अध्यक्ष गजेन्द्र चोङबाङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा सेरेङ मादेन सयङका उपाध्यक्ष प्रेम सेरेङ मादेनको विशेष आतिथ्यता रहेको थियो ।

दोस्रो अधिवेशनले अध्यक्षसँगै उपाध्यक्षमा इन्द्र प्रसाद नाल्बो, सचिवमा अशोक नाल्बो, सह–सचिवमा टिका नाल्बो र कोषाध्यक्षमा बिन्द्र कुमार नाल्बो सर्वसम्मतमा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः निशा नाल्बो, राजेश नाल्बो, सुरेन्द्र नाल्बो, वीर बहादुर नाल्बो, लक्ष्मी नाल्बो र सुरेश नाल्बो चयन भएका छन् ।

कार्यक्रमको अध्यक्षता मोहन कुमार नाल्बोले गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य अशोक नाल्बो र संचालन इन्द्र प्रसाद नाल्बोले गरेका थिए । कार्यक्रममा अध्यक्षको सांगठानिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसहमतिमा पारित भएकोे थियो ।

उक्त साधारण तथा तथा अधिवेशनले वंशावली लेखन समिति अध्यक्ष सेसेमी से नाल्बो र सचिव कमल कुमार नाल्बोलाई ताम्रपत्रसहित अध्यक्षलाई ३ लाख र सचिवलाई २ लाख नगदले सम्मान गरिएको सचिव कमलकुमार नाल्बोले जनाएका छन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...