कांग्रेसको संघीय निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै

 लिम्बुवान न्युज
                       

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार संघीय निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका सबैजसो जिल्लामा आज प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने कांग्रेसले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार आज देशभरका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नयाँ कार्यसमिति चयनका लागि अधिवशेन हुँदैछ । एक मात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा पनि सोमबार नै जिल्ला अधिवेशन गरेको कांग्रेसले जनाएको छ ।

महाधिवेशन प्रतिनिधि पनि चयन गर्ने भएकाले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई निकै महत्वका साथ लिइन्छ । महाधिवेशन प्रतिनिधिले नै पार्टीको केन्द्रीय सभापतिसहित कार्यसमिति चयन गर्ने विधानको व्यवस्था छ ।

एउटा निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । कांग्रेसभित्र नेतृत्वका आकांक्षीहरुले आफ्नो पक्षमा बढि महाधिवेशन प्रतिनिधि ल्याउने होडबाजी चलिरहेको छ । हिमाली क्षेत्रका करिव १५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको छ ।

कांग्रेसको प्रदेश सभा अधिवेशन मंसिर १६–१७ गते हुँदैछ भने कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुुने महाधिवेशन कार्यतालिमा रहेको छ । (आजको अनलाइन खबरले छापेको छ)

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...