कियाचु जापानको अध्यक्षमा सुदीप पालुङ्वा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । किरात याक्थुङ चुम्लुङ जापानको पाँचौं अधिवेशनबाट अध्यक्षमा सुदीप पालुङवा निर्वाचित भएका छन् । सोमबार सम्पन्नले अधिवेशनले पालुङ्वाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएका छन् ।

जापानको राजधानी टोकियो सिनओकुबोस्थित नेवाःडाइनिङको सभाहलमा पालुङ्वाको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो । कार्य समितिको उपाध्यक्षमा देबेन्द्र लाओती, मनकुमार तुम्सा, लक्ष्मीहाङ आङ्बो, बालबिक्रम तिगेला, अपेक्षा येङदेन, हरेन्द्र नाल्बो र आकाश तुम्बापो निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा मुक्साम लाओती र उपमहासचिवमा नरेश योङहाङ निर्वाचित भएका छन् भने सचिवमा किसोर आङ्बुहाङ, रेखा तुम्बाहाम्फे, इन्द्रदीप आङ्देम्बे, लाखध्वज मादेम्बा र युवराज लाओती निर्वाचित भएका छन् । कोषाध्यक्षमा सन्दिप कुमार चेम्जोङ र सह–कोषाध्यक्षमा बालकिसोर चेम्जोङ निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन समारोहलाई भर्चुअल माध्यमबाट किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमले सम्बोधन गरेका थिए । सोही कार्यक्रममा निषेश आङ्देम्बेद्वारा लिखीत लिम्बू भाषाको निबन्ध सङ्ग्रह ‘थिक निसेन’ को पनि बिमोचन गरिएको थियो ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...