झापा क्षेत्र नं. ५ सभापतिमा पुनः ढुण्डी निर्वाचित, सबै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक

 लिम्बुवान न्युज
                       

झापा, ७ मंसीर । नेपाली कांग्रेसको १ औ महाधिबेशनको प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन अन्तर्गत हिजो भएको झापा जिल्लाका ५ वटै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । क्षेत्र नं. ५ सभापतिमा पुनः ढुण्डी भण्डारी निर्वाचित भएका छन् ।

५ वटै क्षेत्रीय समिति र महाधिबेशन प्रतिनिधिहरूको चुनाबी परिणाम आज बिहानसम्म सबै सार्वजनिक भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत सुवोधलाल चिलवालका अनुसार सार्वजनिक भएको मत परिणाम अनुसार क्षेत्र न १ मा ४३९ मत प्राप्त गरी क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी बिजयी भएका छन । उनका प्रतिद्वन्दी गोपाल तामाङले १७५ मत प्राप्त गरी उपबिजेता भएका छन ।

क्षेत्र न. २ मा खगेन्द्र मैनाली बिजयी भएका छन् । उनले ३७० मत ल्याएका छन । उनका प्रतिद्वन्दी मोहन सुब्बाले २१६ मत ल्याएका हुन् ।

त्यसैगरी क्षेत्र न. ३ मा ५२० मत ल्याएर गणेश पोखरेल क्षेत्रीय सभापतिमा पुनः निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी राजेन्द्र घिमिरेले १०८ मत प्राप्त गरे ।

क्षेत्र न. ४ मा जयनारायण शाह बिजय भएका छन् । उनले ४६४ मत ल्याए । उनी पनि यस अघि क्षेत्रीय सभापति नै थिए । उनका प्रतिद्वन्दी नारायण बजगाईले २७४ मत ल्याएर उपबिजेतामा चित्त बुझाउनु पर्यो ।

त्यस्तै क्षेत्र न .५ मा त्यहाँका लोकप्रिय नेता भण्डारीले ४४७ मत ल्याएका छन् । उनी यसअघि पनि ५ नम्बर क्षेत्रको सभापति थिए । उनका प्रतिद्वन्दी रोशन कुमार गौतमले २६३ मत ल्याएर उपबिजेता भएका हुन् ।

झापामा यस पटक भएको पार्टीको महाधिबेशनमा मिश्रित ढंगबाट उम्मेद्वार बिजयी भएका छन् । क्षेत्रीय समितिको पदाधिकारीदेखि महाधिबेशन प्रतिनिधिसम्म मिश्रित ढंगबाट उम्मेद्वारहरू बिजयी भएका छन् ।

खासगरी झापामा पछिल्लो समयमा दुई गुटको प्रभाव देखिएको थियो । नेता कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता बिश्वप्रकाश शर्माको गुट देखिएको छ । यिनै दुई गुटका उम्मेद्वारहरू आ–आफ्नो प्यानल खडा गरेर चुनाबी मैदानमा खडा भएका थिए ।

झापा जिल्लामा नेता सिटौलाको बर्चस्व रहदै आएको भनिए पनि १४ औ महाधिबेशन पछि सिटौलाको बर्चस्व तोडिदै गएको पछिल्ला चुनाबका परिणामहरूले देखाएको छ ।

यस पटकको निर्वाचनमा पनि जिल्लामा शर्मा र सिटौलाको बराबरी जस्तो परिणाम आएको छ । शर्मा प्यानलका उम्मेद्वारले क्षेत्र नं. १ र ५ मा जीत हासिल गरेको छ भने सिटौला पक्षधर समूहले क्षेत्र नं. २ र ३ मा जीत हासिल गरेको बताइएको छ । क्षेत्र न. ४ मा भने दुबै पक्षको दाबी रहदै आएको छ ।

महाधिबेशन प्रतिनिधिमा पनि दुबै समूहका प्रतिनिधि समान ढंगबाट निर्वाचित भएका निर्वाचित परिणाममा देखिन थालेको छ ।

महाधिबेशन प्रतिनिधिमा जिल्ला सभापति उद्दब थापा, पूर्व सभापति सुधीरकुमार शिवाकोटी, गोपालकुमार बस्नेत, सांसद महिन्द्रकुमारी सुब्बा, डा.खगेन्द्र पाण्डव अधिकारी, सभापतिका प्रत्यासीहरू देउमान थेबे, रामबहादुर कट्टेल, लोकराज ढकाल, अशोककुमार पोखरेल, प्रेम सम्बाहाम्फे, छत्रबहादुर गिरी, गौरादह नगर प्रमुख रोहित कुमार शाह, युवा नेता हुकुमसिंह राई, अनिलकृष्ण प्रसाई लगायत १२४ जना महाधिबेशनमा निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

केर्खामा ‘सिसेक्पा तङनाम’ भव्य मनाइयाे

बसन्त राज सुब्बा कमल, झापा /  कमलस्थित केर्खा बजारमा याक्थुङ/लिम्बु जातिको मौलिक चार्ड सिसेक्पा तङनाम कार्यक्रम भव्यरूपमा सम्पन्न भएकाे छ ।  साउन २ गते याक्थुङ /लिम्बु जातिको मौलिक चार्ड " सिसेक्पा तङनाम" साउने संक्रान्ती २०८२...

अप्पर तमोर जलविद्युत निर्माण स्थलमा स्थानीयको प्रदर्शन

दमक, ३ असार । ताप्लेजुङ जिल्ला फक्ताङलुङस्थित लिङखिममा निर्माणाधीन अप्पर तमोर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीयले विरोध गर्दै प्रदर्शन गरेका छन् । शुक्रवार प्रभावित क्षेत्रका बासिन्दाले उक्त आयोजनाको काम रोक्नुपर्ने माग गर्दैे प्रदर्शन गरेका हुन्...

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।