झापा क्षेत्र नं. ५ सभापतिमा पुनः ढुण्डी निर्वाचित, सबै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक

,   लिम्बुवान न्युज
                       

झापा, ७ मंसीर । नेपाली कांग्रेसको १ औ महाधिबेशनको प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन अन्तर्गत हिजो भएको झापा जिल्लाका ५ वटै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । क्षेत्र नं. ५ सभापतिमा पुनः ढुण्डी भण्डारी निर्वाचित भएका छन् ।

५ वटै क्षेत्रीय समिति र महाधिबेशन प्रतिनिधिहरूको चुनाबी परिणाम आज बिहानसम्म सबै सार्वजनिक भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत सुवोधलाल चिलवालका अनुसार सार्वजनिक भएको मत परिणाम अनुसार क्षेत्र न १ मा ४३९ मत प्राप्त गरी क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी बिजयी भएका छन । उनका प्रतिद्वन्दी गोपाल तामाङले १७५ मत प्राप्त गरी उपबिजेता भएका छन ।

क्षेत्र न. २ मा खगेन्द्र मैनाली बिजयी भएका छन् । उनले ३७० मत ल्याएका छन । उनका प्रतिद्वन्दी मोहन सुब्बाले २१६ मत ल्याएका हुन् ।

त्यसैगरी क्षेत्र न. ३ मा ५२० मत ल्याएर गणेश पोखरेल क्षेत्रीय सभापतिमा पुनः निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी राजेन्द्र घिमिरेले १०८ मत प्राप्त गरे ।

क्षेत्र न. ४ मा जयनारायण शाह बिजय भएका छन् । उनले ४६४ मत ल्याए । उनी पनि यस अघि क्षेत्रीय सभापति नै थिए । उनका प्रतिद्वन्दी नारायण बजगाईले २७४ मत ल्याएर उपबिजेतामा चित्त बुझाउनु पर्यो ।

त्यस्तै क्षेत्र न .५ मा त्यहाँका लोकप्रिय नेता भण्डारीले ४४७ मत ल्याएका छन् । उनी यसअघि पनि ५ नम्बर क्षेत्रको सभापति थिए । उनका प्रतिद्वन्दी रोशन कुमार गौतमले २६३ मत ल्याएर उपबिजेता भएका हुन् ।

झापामा यस पटक भएको पार्टीको महाधिबेशनमा मिश्रित ढंगबाट उम्मेद्वार बिजयी भएका छन् । क्षेत्रीय समितिको पदाधिकारीदेखि महाधिबेशन प्रतिनिधिसम्म मिश्रित ढंगबाट उम्मेद्वारहरू बिजयी भएका छन् ।

खासगरी झापामा पछिल्लो समयमा दुई गुटको प्रभाव देखिएको थियो । नेता कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता बिश्वप्रकाश शर्माको गुट देखिएको छ । यिनै दुई गुटका उम्मेद्वारहरू आ–आफ्नो प्यानल खडा गरेर चुनाबी मैदानमा खडा भएका थिए ।

झापा जिल्लामा नेता सिटौलाको बर्चस्व रहदै आएको भनिए पनि १४ औ महाधिबेशन पछि सिटौलाको बर्चस्व तोडिदै गएको पछिल्ला चुनाबका परिणामहरूले देखाएको छ ।

यस पटकको निर्वाचनमा पनि जिल्लामा शर्मा र सिटौलाको बराबरी जस्तो परिणाम आएको छ । शर्मा प्यानलका उम्मेद्वारले क्षेत्र नं. १ र ५ मा जीत हासिल गरेको छ भने सिटौला पक्षधर समूहले क्षेत्र नं. २ र ३ मा जीत हासिल गरेको बताइएको छ । क्षेत्र न. ४ मा भने दुबै पक्षको दाबी रहदै आएको छ ।

महाधिबेशन प्रतिनिधिमा पनि दुबै समूहका प्रतिनिधि समान ढंगबाट निर्वाचित भएका निर्वाचित परिणाममा देखिन थालेको छ ।

महाधिबेशन प्रतिनिधिमा जिल्ला सभापति उद्दब थापा, पूर्व सभापति सुधीरकुमार शिवाकोटी, गोपालकुमार बस्नेत, सांसद महिन्द्रकुमारी सुब्बा, डा.खगेन्द्र पाण्डव अधिकारी, सभापतिका प्रत्यासीहरू देउमान थेबे, रामबहादुर कट्टेल, लोकराज ढकाल, अशोककुमार पोखरेल, प्रेम सम्बाहाम्फे, छत्रबहादुर गिरी, गौरादह नगर प्रमुख रोहित कुमार शाह, युवा नेता हुकुमसिंह राई, अनिलकृष्ण प्रसाई लगायत १२४ जना महाधिबेशनमा निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;