लिम्बुवान सामाजिक मञ्च कतारको महाधिवशेन हुँदै

 लिम्बुवान न्युज
                       

कतार, ८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च कतारको चौंथो अधिवेशन हुने भएको छ ।

सलिसाम कतारको यहि मंसिर १७ गते शुक्रबार तदनुसार ३ डिसेम्बरका दिन चौथो अधिवेशन गर्ने बरिष्ठ उपाध्यक्ष डम्बर लुङखिमले जनाएका छन् । उनले विगत अधिवेशन भन्दा यो अधिवेशन अलिक खास हुने बताए । अध्यक्षका आकांक्षीहरु पनि धेरै भएको हुँदा यो मिलाएर लानमा अलि सकस हुन सक्ने तर सहमतिमा नेतृत्व चयन हुने अध्यक्ष रेखा राईले बताइन् ।

२०६२÷६३ को जनआन्दोलन संगै स्थापीत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले देशमा एकात्मक राज्य व्याबस्थाको अन्त्य, ऐतिहासिक पृष्ठभुमीको आधारमा संघीयता, पहिचान, पुर्ण समानुपातिक र समाबेशी व्यावस्था लागु गर्नु पर्ने माग राख्दै झन्डै दुई दशक देखि आन्दोलन गर्दै आईरहेको राजनितिक संगठन हो ।

मञ्चको विधान बमोजिम प्रवास समिति सलिसाम कतारको सन २०११ मा स्थापीत भई कतारमा रहेका नेपाली श्रमिकहरुको पक्षमा रहेर सामाजिक जनचेतना अभिवृद्धी एवं मानवीय उद्धारकार्यमा विशेष सहयोगी बन्दै आईरहेको यस मञ्च कतारका नेपाली श्रमिकहरुको साझा संस्थाको रुपमा स्थापित भएको बरिष्ठ उपाध्यक्ष लुङखिम बताउँछन् ।

अधिवेशनलाई मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले जुम मार्फत सम्बोधन गर्ने लुङखिमले बताए ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...