लिम्बुवान सामाजिक मञ्च कतारको महाधिवशेन हुँदै

 लिम्बुवान न्युज
                       

कतार, ८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च कतारको चौंथो अधिवेशन हुने भएको छ ।

सलिसाम कतारको यहि मंसिर १७ गते शुक्रबार तदनुसार ३ डिसेम्बरका दिन चौथो अधिवेशन गर्ने बरिष्ठ उपाध्यक्ष डम्बर लुङखिमले जनाएका छन् । उनले विगत अधिवेशन भन्दा यो अधिवेशन अलिक खास हुने बताए । अध्यक्षका आकांक्षीहरु पनि धेरै भएको हुँदा यो मिलाएर लानमा अलि सकस हुन सक्ने तर सहमतिमा नेतृत्व चयन हुने अध्यक्ष रेखा राईले बताइन् ।

२०६२÷६३ को जनआन्दोलन संगै स्थापीत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले देशमा एकात्मक राज्य व्याबस्थाको अन्त्य, ऐतिहासिक पृष्ठभुमीको आधारमा संघीयता, पहिचान, पुर्ण समानुपातिक र समाबेशी व्यावस्था लागु गर्नु पर्ने माग राख्दै झन्डै दुई दशक देखि आन्दोलन गर्दै आईरहेको राजनितिक संगठन हो ।

मञ्चको विधान बमोजिम प्रवास समिति सलिसाम कतारको सन २०११ मा स्थापीत भई कतारमा रहेका नेपाली श्रमिकहरुको पक्षमा रहेर सामाजिक जनचेतना अभिवृद्धी एवं मानवीय उद्धारकार्यमा विशेष सहयोगी बन्दै आईरहेको यस मञ्च कतारका नेपाली श्रमिकहरुको साझा संस्थाको रुपमा स्थापित भएको बरिष्ठ उपाध्यक्ष लुङखिम बताउँछन् ।

अधिवेशनलाई मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले जुम मार्फत सम्बोधन गर्ने लुङखिमले बताए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...