आशा पाल संघीय मधेस मञ्चको प्रथम अधिवेशनबाट बनिन अध्यक्ष

 लिम्बुवान न्युज
                       

लाहान, ८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय मधेस मञ्च, नेपालको प्रथम अधिबेशन सम्पन्न भएको छ । बुधबार सिराहाको लाहानमा सम्पन्न अधिवेशनले महिला नेत्री आशा पाललाई अध्यक्षमा निर्वाचित गरेको हो । प्रथम अधिवेशनबाटै मधेश प्रान्तले अध्यक्षमा महिला नेत्रीलाइ मधेशकाे जिम्मेवारी दिएकाे छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनबाट महिला नेत्री पालको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

प्रथम अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नेपालका सम्पूर्ण उत्पीडित, उपेक्षित वर्ग र समुदाय एक हुनुपर्ने बताएका छन् । वहाँले सच्चा पहिचानको राजनीति संघीय मञ्चले मात्र गरिरहेकोले अबको निर्वाचनमा संघीय मञ्चलाई जिताउन मधेशका जनताहरुलाई अग्रह गरेका छन् । त्यसैगरी कार्यक्रममा मञ्चका बरिस्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्, लिम्बुवान प्रान्तीय महासचिव शान्ता योङहाङ्, दलित मुक्ति मञ्चका अध्यक्ष रमेश गजमेर, उपाध्यक्ष बलराम सदा लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा पालको अध्यक्षतामा गठित समितिको उपाध्यक्षहरुमा मदन बहादुर घले, रमेश कुमार शाह, महासचिवमा इन्द्र बहादुर घिसिङ, सचिवहरुमा तीर्थ बहादुर घिसिङ, रमेश कुमार शाह र गीता पाल त्यसैगररी कोषाध्यक्षमा विकास मुक्तान निर्वाचित भएका छन् ।

त्यसैगरी सचिबालय सदस्यहरु सुरज तामाङ, धुनी महतो, राम कुमार ठाकुर, आनन्द चौधरी रहेका छन् भने सदस्यहरुमा शंकर लाल दोङ, सीता महतो, प्रदीप पाल, कविता महतो, निलम देवि सदा, देवेन सदा, लगन देवि सदा, बद्री चौधरी, जगाइ शाह, महादेव शाह र रिता देवी पाल रहेका छन् ।

कार्यक्रममा मञ्चका संघीय सदस्यहरु चन्द्र लावासा, दिलु लिङदेन, सुर्य लिम्बु र विद्यार्थी नेता सेसेहाङ चोङबाङको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...