लिम्बुवान सामाजिक मञ्च, मलेसियाको क्वालालम्पुर क्षेत्रीय समिति अध्यक्षमा कुमार लिवाङ

 लिम्बुवान न्युज
                       

मलेशिया, ८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति मलेशियाको शाखा समिति क्वालालम्पुरको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

मंगलबार क्वालालम्पुरमा आयोजित कार्यक्रमले कुमार लिवाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा नन्दराज योङहाङ लिम्बु, उपाध्यक्षमा मदन लिम्बु, इन्द्र भावुक तुम्बापो लिम्बु, महासचिवमा भरत याक्थुङबा लिम्बु, अर्थसचिवमा सुन्दर कुमार तेन्युङ लिम्बु, सचिवमा भानुभक्त रोक्का, तुलसिराम तेन्युङ, प्रशु नाल्बो लिम्बु (पायल), डम्बर तेन्युङ, जितेन्द्र याक्खा, जयप्रकाश लुङमाहिम चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा प्रसु नाल्बो (लिम्बु पायल), डम्बर तेन्युङ, जितेन्द्र याक्खा, जयप्रका लुङमाहिम र तुलसीराम तेन्युङ रहेका छन् । संरक्षकमा समीर चेन्जी मावो र रविन योङहाङ रहेका छन् भने बरिष्ठ सल्लाहकारमा अटल सेनेहाङ लिम्बु रहेका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...