प्रदेश १ सरकारद्वारा पर्यटन बोर्ड र सञ्चार प्रतिष्ठान खारेज

,   लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

विराटनगर, ९ मंसिर । प्रदेश नम्बर १ सरकारले प्रदेश पर्यटन बोर्ड र प्रादेशिक सञ्चार प्रतिष्ठान खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश १ मन्त्रिपरिषद्को बैठकले प्रदेशस्तरका सञ्चार प्रतिष्ठान र पर्यटन वोर्ड खारेज गरेको हो ।

बैठकले नियमावली नै पारित गरेर प्रदेश पर्यटन बोर्ड नियमावली २०७८ खारेज गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको हो । मन्त्रिपरिषद्को यो निर्णयसँगै उपाध्यक्ष फणिन्द्र अधिकारीसहित वोर्डका सदस्यहरु स्वतः पदमुक्त भएका छन् ।

बैठकले प्रादेशिक सञ्चार प्रतिष्ठान गठन, सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ पनि खारेज गरेको हो । यससँगै सो नियमावली अनुसार गठन भएको प्रादेशिक सञ्चार प्रतिष्ठानसमेत खारेज हुने भएको छ । बैठकले प्रतिष्ठानको चल अचल सम्पति अधिकार र दायित्व आन्तरिक मामिला तथा कानून मन्त्रालयको हुने भनी निर्णय गरेको हो ।

यसअघि नेपाल पत्रकार महासंघले पटक–पटक मन्त्री नै अध्यक्ष रहने प्रतिष्ठानको संरचना गलत भएको टिप्पणी गर्दै आएको थियो । विभागीय मन्त्री नै सञ्चार प्रतिष्ठानको अध्यक्ष हुँदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धनमा बाधा पुग्न सक्ने भन्दै महासंघले विरोध र ध्यानाकर्षण गराउँदै आएको थियो ।

सञ्चार प्रतिष्ठान खारेज भएसँगै कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मालगायत प्रतिष्ठानका सदस्यहरु स्वतः पदमुक्त भएका छन् ।

बिहीबारको मन्त्रिपरिषद बैठकले प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७८ पनि खारेज गरेको छ । त्यस्तै प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन २०७८ खारेज गर्ने नियमावली स्वीकृत गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

प्रदेश मन्त्रिपरिषद् कार्यविभाजन नियमावली बनाउन आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोको संयोजकत्वमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली र मुख्यमन्त्री कार्यालयका कानून सचिव किशोरकुमार चौधरी सदस्य रहेको कार्यदल गठन गर्ने पनि बैठकले निर्णय गरेको हो ।

बैठकले झापाको कन्काई नगरपालिका र दक्षिण कोरियाको गेहेयङ्गुन र याङ्गु काउन्टीबीच भगिनी सम्बन्ध कायम गर्ने सहमति प्रदान गरेको छ ।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;