७८औं लाफयङ जन्मजयन्तीको अवसरमा चुलाचुलीले दियो एकदिन स्थानीय विदा

 लिम्बुवान न्युज
                       

इलाम, चुलाचुली १० मंसिर । आज इलामको चुलाचुली गाउँपालिकाले एकदिन स्थानीय विदा दिएको छ । आज किरात धर्मगुरु लाफयङ देवबहादुर तुम्बापोको ७८औं जन्मजयन्तीको अवसरमा परेर एकदिन विदा दिने पालिकाले निर्णय गरेको हो ।

चुलाचुली गाउँपालिकाका प्रशासकीय अधिकृत सुवास श्रेष्ठका अनुसार आज पालिकाका सम्पूर्ण कार्यालयहरु, शिक्षण संस्था समेत बन्द गर्ने निर्णय भएको जनाएका छन् । यहाँमा प्रत्येक बर्षको मंसिर १० गते किरात धर्म संरक्षक गुरु लाफयङ स्व. देवबहादुर तुम्वापोको जन्मजयन्ती फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाले मनाउँदै आइरहेको छ ।

फल्गुनन्द सेवा संघका अध्यक्ष डम्बरकुमार तुम्बापोका अनुसार प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा माङ्गेन्ना हिमको उद्घाटन, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम साथै फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको वार्षिकोत्सव पनि मनाइनेछ ।

‘भाषा हराए लिपी हराउँछ, लिपी हराए जाति हराउँछ, जाति हराए, इतिहास हराउँछ, इतिहास हराए आफू हराइन्छ’ भन्ने मान्यताका साथ फल्गुनन्द नोमाङ्गेना सेवा संघ चुलाचुली–१ इलाम वर्षेनी मङ्सिर १० गते जन्मजयन्ती साथै अन्य विविध कार्यक्रम आयोजना गर्दै आएको छ । संघले महान समाज सुधारक १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले देखाएको बाटो अंङ्गीकार गर्दै आएको छ ।

यस्तै, फल्गुनन्द नोमाङ्गेना सेवा संघद्वारा स्थापित फल्गुनन्द–लाफयङ बहुभाषिक निसाम हिम अर्थात पाठशालाको वार्षिकोत्सव कार्यक्रम पनि राखिएको जनाइएको छ । सो पाठशाला नेपालकै पहिलो बहुभाषिक पाठशाला हो ।

कार्यक्रममा राष्ट्रियस्तरका कलाकार राष्ट्रिय गायक विकास लिम्बू, राष्ट्रिय डान्सर प्रितम सम्वाहाम्फे लगायतको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।

भाषा, लिपि, संस्कार र संस्कृतिको संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले मिति २०६९ साल कात्तिक २९ गतेका दिन इलाम जिल्लाको चुलाचुली गाविस वडा नं. १, कमलमा फाल्गुनन्द सत्यहाङ्मा नोमाङ्गेन्ना सेवा संघको जन्म भएको थियो ।

२०७० सालको दीपावालीको उपलक्ष्यमा आर्थिक सहयोगका लागि पनि माङलाङ केलाङको आयोजना गरेपछि २०७० सालमै संस्था दर्ता गरेर संस्थाको नाम ‘फाल्गुनन्द नोमाङ्गेन्ना सेवा संघ’ राखेर जिल्लामा संस्था दर्ता भएको थियो । यस संस्थाको मुख्य उद्देश्य नेपालका १६औं राष्ट्रिय विभूति समाजसुधारक, दार्शनिक महागुरु फल्गुनन्दको स्मृतिलाई जीवन्त राख्नु हो ।

यसअघि संविधानसभाका तत्कालीन अध्यक्ष तथा तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङबाट नेपालकै पहिलो बहुभाषिक पाठशालाको समुद्घाटन भएको थियो भने २०७३ साल मङ्सिर १० गते पाठशालाको प्रथम वार्षिक उत्सव तत्कालीन शिक्षामन्त्री धनीराम पौड्यालूको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।

यस्तै, २०७४ सालमा बहुभाषिक पाठशालाको दोस्रो वार्षिक उत्सव कार्यक्रम सम्पन्न गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यतिबेला नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फल्गुनन्दको पूर्ण कदको शालिक अनावरण, दाताहरूलाई सम्मानलगायतको कार्यक्रम राखिएको अध्यक्ष तुम्बापोले जानकारी दिए ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...