६० लाख रुपयाँ भन्दा धेरै खर्चमा बेलडाँगीमा भोलि भव्य कार्याक्रम हुँदै

 लिम्बुवान न्युज
                       

  • डिकेश लामा

दमक, १० मंसीर । झापाको दमक स्थित वेलडाँगी शरणार्थी शिविरमा इन्ट्रानेशनल वेलफेर एण्ड सर्पोट फाउण्डेशनको आयोजनामा बृहत साँगीतिक तथा समुद्घाटन कार्याक्रम हुने भएको छ । फाउण्डेशनका पदाधिकारी र वेलडाँगी तथा पथरी शनिश्चरे शिविरका सचीव तथा अन्य जिम्मेवार पदाधिकारीबीच शनिवार कार्याक्रम हुने फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले बताउनु भयो ।

कार्याक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारहरको. सहभागितामा रियालिटी सोको समूद्घाटन र बृद्धबृद्धालाई दिनको समयमा बस्ने तथा कुराकानी गर्ने घरको समेत उद्घाटन गरिने बताइएको छ ।

आज दमकका गरिएको एक अन्तकृया कार्याक्रममा फाउण्डेशनले सवैको साझा संस्थाको रुपमा रहेको यो कार्याक्रमले नेपालीभाषीको पहिचान र सँस्कृति संरक्षणमा ठूलो टेवा पुग्ने बताउनु भयो । अधिकारीले नेपालमा फाउण्डेशनले पथरी र वेलडाँगीका केही शिक्षक व्यवस्थापनमा मासिक ३ लाख हाराहारीमा खर्च गरी शरणार्थी बालबालिका पढाउने कार्यमा सहयोग गरेको बताउनु भयो ।

उहाँले अव भूटान फर्कने संभवना अन्त्य भएकाले नेपाल सरकारले शरणार्थीको समस्या समाधानमा चासो दिनु पर्ने बताउनु भयो । जसका लागि यस पटक नेपालका प्रधानमन्त्री देखि जिम्मेवार नेतृत्वलाई भेटघाट गर्ने कार्य समेत गरेको बताउनु भयो ।

सम्बन्धित समाचार

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...