लिम्बुवान मञ्च आठराईको अध्यक्षमा विकास इङनाम

 लिम्बुवान न्युज
                       

  • सेसेहाङ चोङबाङ

आठराइ, ११ मंसिर । संघय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको आठराइ गाउँ पालिका समितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । शनिबार आठराईको इवामा सम्पन्न अधिवेशनले विकास इङनामको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । उनी दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सदस्य मृगेन इङनामको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो अधिवेशनबाट इङनामको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन भएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा चन्द्र विश्वकर्मा, उपाध्यक्षहरुमा दमन्ता लिम्बु र अरुण खवास रहेका छन् भने सचिवमा जेवी कन्दङ्वा, अर्थसचिवमा हाङनारायण इङ्नाम चयन भएका छन् ।

त्यसैगरी सचिवालय सदस्यहरुमा अनिल कन्दङवा, कुमार इङनाम, राजकुमार यक्सो, भक्तबहादुर इङनाम, इन्द्र कन्दङवा, विशाल इङनाम रहेका छन् भने सदस्यहरुमा क्रमशः देवीन्द्र इङनाम, रामकुमार इङनाम, अनुसा इङनाम र विना इङनाम निर्वाचित भएका छन् ।

निर्वाचित समितिलाई कार्यक्रमका प्रमुख अतिथि इङनामले मन्तव्य दिर्र्दै कार्यकाल सफलताका शुभकामना व्यक्त गरेका छन् भने नवनिर्वाचित कार्यसमितिलाई सफल गराएका थिए । कार्यक्रममा मञ्चका प्रान्तीय सदस्य कृष्ण कन्दङवा, जिल्ला उपाध्यक्ष राजेश इङनाम र अर्थसचिव सन्तोष सम्बाहाम्फेले पनि शुभकामना मन्तव्य राखेका थिए ।

आज सम्पन्न उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १४ जनाले लिम्बुवान मञ्चमा प्रवेश गरेका थिए । उनीहरुले अवि र खाँदा ओडाई मञ्चमा स्वागत गरिएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...