मुख्यमन्त्रीद्वारा दमकस्थित बेलडाँगीमा निर्मित भवनको उद्घाटन

 लिम्बुवान न्युज
                       

दमक, ११ मंसीर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा नवनिर्मीत भवनको उद्घाटन गरेका छन् । शनिवार शिविरमा एक कार्यक्रम बीच मुख्यमन्त्री राईले भवनको उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन गर्दै मुख्यमन्त्री राईले शिविरमा बस्दै आएका वृद्धावृद्धालाई लक्षित गरि निर्माण गरिएको भवन बनाउने व्यक्ति भगवान सरह भएको बताएका छन् । मुख्यमन्त्रीले भवन उद्घाटनसंगै मेरो डान्स कप (यूएस ) र मेरो भ्वाइस कप (यूएसए) प्रतियोगिताको समेत शुभारम्भ गरेका छन् ।

उनले कलाकारहरूलाई पनि नजिकबाट चिनेको र कला, संस्कृतिको विकास गर्न प्रदेश सरकार प्रतिवद्ध भएको औल्याए । उनले गायिका रचना रिमालसहितका कलाकारहरूले नेपाली कला, संगीतमा पुरयाँएको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रममा नायकहरू रमित ढुङ्गाना, दिलीप रायमाझी, सन्जीव भण्डारी, नायिकात्रय केकी अधिकारी, वर्षा रावत, वर्षा बस्नेत लगायत कलाकारहरुको उपस्थिति रहेको थियो ।

लोक गायक प्रेमराजा महत, गायकगायिका क्रमशः प्रमोद खरेल, निशान भट्टराई, रचना रिमाल, अस्मिता अधिकारी, प्रवीण वेडवाल, नृत्यकार करिष्मा ढकाल, शंकर विसी, मोडल ऋचा थापा लगायतको उपस्थिति रहेको थियो । साथै, भ्वाइस अफ नेपालबाट उदाएकी नवगायिका सन्जु मोक्तान लगायतका कलाकारहरुले आफनो प्रस्तुति दिएका थिए ।

यस्तै, ३ दशक भन्दा अघिको निकै पुरानो लोकप्रिय गीत बाँझो खेतमा छड्के सलाम छ गाएर लोकगायक प्रेमराजा महतले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए भने उनले पानको पात ‘बोलको गीत पस्किरहदा मुख्यमन्त्री राजेन्द्र राईसँगै नायिकाहरू केकी अधिकारी, वर्षा रावत र वर्षा बस्नेत , हाँस्यकलाकार सन्दीप क्षेत्रीले कम्मर मर्काई मर्काई नाँचेका थिए ।

ईन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित कार्यक्रममा झापा र मोरङका भुटानी शरणार्थी शिविरमा रहेका सबै वृद्धवृद्धालाई ५ हजारका दरले मासिक भत्ता आजीवन उपलव्ध गराउने सोहि अवसरमा फाउण्डेशनका अध्यक्ष डिल्लीराम अधिकारीले जनाएका हुन् ।

शनिबार साँझमा समेत राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिएका छन् ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...