नेपाली कांग्रेस इलाम सभापतिमा खड्काले बाजी मारे

 लिम्बुवान न्युज
                       

इलाम, ११ मंसिर । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट इलाम जिल्ला सभापतिमा डम्बरबहादुर खड्का विजयी हुँदै बाजी मारेका छन् । आफ्ना प्रतिष्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै खड्का विजयी बनेका हुन् ।

शनिबार साँझ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खड्काले ९ सय ३५ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी आचार्यले ७ सय ७५ मत प्राप्त गरे । एक हजार ७ सय ९५ मतदातामध्ये शनिबार भएको निर्वाचनमा एक हजार ७ सय ३२ मत खसेको थियो ।

खड्का पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् । आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका उम्मेदवार बनेका थिए ।

अन्य पदाधिकारी र कार्यसमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ । सात पदाधिकारीमध्ये खड्का समूहबाट सभापतिसहित ३ र आचार्य समूहबाट ४ पदमा विजयी बन्यो । पदाधिकारीमा खड्का समूह अल्पतमतमा परेको छ ।

दुवै उपसभापति पदमा आचार्य समूहका उम्मेद्वार विजयी भएका छन् । आचार्य समूहबाट खगेन्द्र देवान ८ सय ७४ मत र विष्णुकुमारी लिम्बू दहालले ७ सय ७८ मतका साथ विजयी बने । खड्का समूहका केदार थापाले ७ सय ४७ मत र होमप्रसाद दुलालले ६ सय ९९ मत पाएर पराजित बने ।

दुई सचिव पदमा दुवै समूहबाट एकएक जना विजयी बनेका छन् । सचिवमा आचार्य समूहका पूर्णप्रसाद गौतम ८ सय १९ मत र खड्का समूहका निरोज खड्की ७ सय ९३ मतका साथ विजयी बने । आचार्य समूहका विष्णु हेमकुमार कार्की ७ सय २२ मत र खड्का समूहका हुकुमलाल थेबेले ७ सय १५ मत पाएर पराजित बने ।

त्यस्तै दुई सहसचिव पदमा समेत दुवै समूहबाट एकएक जना विजयी बनेका छन् । सहसचिवमा खड्का समूहबाट डालाकुमारी कार्की ८ सय ६५ मत र आचार्य समूहका देवेन्द्रकुमार सुवेदी ७ सय ८१ मतका साथ विजयी बने । आचार्य समूहका चक्र एक्तेन (अभिषेक) ले ६ सय ५६ मत र प्रविना राईले ६ सय ३६ मत पाएर पराजित बने ।

अन्तिम समयमा उम्मेदवारबीच समीकरण फेरिएपछि अधिवेशन रोचक बनेको थियो । संस्थापन र इतरका २÷२ उम्मेदवार चर्चामा रहेपनि अन्तिममा संस्थापनका डम्बर खड्का र इतरबाट भेषराज आचार्य मात्र सभापति पदमा प्रतिष्पर्धा गरेका थिए ।

आर्चाय भन्दा कमजोर उपस्थिति रहेको खड्काले चारमध्ये दुईवटा समूहको समेत साथ पाएपछि जित निकालन् सफल भए । खड्कालाई संस्थापनकै पूर्वसभापति केशव थापा र इतरका निवर्तमान सभापति हिमालय कर्मचार्यले समर्थन गरेका थिए ।

पछिल्लो समय आचार्य पक्ष बलियो बन्दै गएपछि उनलाई एक्ल्याउन नयाँ समीकरण बनेको थियो । संघीय निर्वाचन क्षेत्रतर्फका दुवै क्षेत्रमा आचार्य पक्षका उम्मेदवारले सभापति जितेका थिए । प्रदेशसभाका ३ क्षेत्रमा आचार्य पक्षका र १ क्षेत्रमा मात्र खड्का समूहका सभापति चुनिएका थिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...