किरात गुरु आत्मानन्दको प्रतिमा शिलान्यास

 लिम्बुवान न्युज
                       

दमक, १२ मंसिर । किरात धार्मिक पर्यटकीयस्थल इलामको माङ्सेबुङमा हिजो (शनिबार) आत्मानन्द प्रतिमा शिलान्यास गरिएको छ ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले पहिलो पटक वि.स. २०४९ साल माघ ३ र ४ गते विश्व ब्रह्माण्डबारे भविष्यवाणी गर्नु भएको ऐतिहासिकस्थल माङसेबुङ ५ भालुटारमा अवस्थित श्री सरस्वती मावि परिसरमा आत्मानन्द प्रतिमा शिलान्यास गरिएको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङका अनुसार अङसीमाङ लिङदेन आत्मानन्द सेइङले पहिलो पटक विश्व ब्रह्माण्डबारे भविष्यवाणी गर्नु भएको ठाउँमा अङसीमाङकै पूर्ण कदको प्रतिमा स्थापना गर्न लागिएको हो ।

आत्मानन्द कप १४ औं संस्करण खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रमसँगै जोडिएको प्रतिमा शिलान्यास कार्यक्रम प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जयराम यादवको आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

अङसीमाङ लिङदेन आत्मानन्द सेइङले विश्व ब्रह्माण्डबारे भविष्यवाणी गर्नु भएको ठाउँमा प्रतिमा स्थापना गर्न आवश्यक व्यवस्थापनका लागि माङसेबुङ निवासी बलबहादुर साङपाङले दिवंगत आफ्नो श्रीमति राना धनमाया साङपाङको स्मृतिमा ३५ लाख रुपैयाँ सौजन्य प्रदान गरेको किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले किरात इङसेलाई बताए ।

अङसीमाङले पहिले भविष्यवाणी गरेको समयको तस्बीरलाई आधार बनाएर करिब ७ फिट अग्लो प्रतिमा स्थापना गर्न लागिएको माङगेन्ना समितिका अध्यक्ष योङहाङको भनाई छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...