
पोक्लाबाङ, १२ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको फेदाप गाउँपालिका समितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनले तिलविक्रम हुक्पाचोङबाङको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गठन भएको हो ।

लिम्बुवान मञ्चका तेह्रथुम जिल्ला अध्यक्ष बिजय निङ्लेखको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो अधिवेशन सम्पन्न भएको हो । समितिमा बरिष्ठ उपाध्यक्ष सुवास लुम्फुङ्वा, उपाध्यक्षहरुमा सुजता लिम्बु र सञ्जय लिम्बु त्यसैगरी सचिवमा दिलिप निङ्लेखु, सह–सचिवमा सन्दिप मादेम्बा र अर्थसचिवमा धननारायण हाङस्रोङ निर्वाचित भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा सुमन मादेम्बा, सुर्य मादेम्बा, विरमान मादेम्बा, दिनेश लुम्फुङवा, प्रवेश निङलेकु, पूर्ण साम्बा, एम्बा लिम्बु, मनिशंकर लिम्बु, दिमसुन्दर लिम्बु, रेनुका लिम्बु, सुस्मिता लिम्बु, सुमन लिम्बु र दिपक लिम्बु निर्वाचित भएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि निङलेखुले पार्टीलाई शसक्त र स्थायी बनाउन नेताहरुलाई गाउँ टोलमा सक्रिय हुनु पर्ने धारणा राखेका थिए । यसैगरी कार्यक्रमलाई जिल्ला सदस्यद्वय सुबास लुम्फुङवा, मदन मादेम्बा र पुर्व गाउँपालिका सचिब किरण निङ्लेकुले आ–आफ्नो धारणा राखेका थिए ।