कांग्रेस झापा सभापतिमा थेवे विजयी, पदाधिकारीमा प्यानलै विजयी

 लिम्बुवान न्युज
                       

दमक, १२ मंसिर । नेपाली कांग्रेस झापाको सभापतिमा देउमान थेवे निर्वाचित भएका छन् । उनले १७६५ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

विर्तामोडमा आज आइतवार दिउँँसो अन्तिम मतगणना अनुसार थेवेले आफना प्रतिद्धन्दी रामबहादुर कटटेललाई २५० को मतान्तरले जिल्ला सभापतिमा निर्वाचित भए । कटटेलले १५१५ मत प्राप्त गरे ।

यसैगरि, पदाधिकारीमा समेत थेवे प्यानल नै निर्वाचित भएको छ । मत परिणाम अनुसार उपसभापतिमा थेवे प्यानलका शेर बहादुर भट्टराई (१६७४), केशवराज पाण्डे (१८८९) मत प्राप्त गरि निर्वाचित भए । त्यस्तै, सचिवमा नविन विमली १८३८ र कृष्ण हुँमागाई १६७६ मत ल्याएर निर्वाचित भए । सहसचिवमा कमल भण्डारी १७६० र कालेन्द्र राजवंशी १७६५ मत प्राप्त गरि निर्वाचित भएको जिल्ला निर्वाचन समितिका संयोजक सुवोध चिलवालले बताए ।

उनका अनुसार उपसभापतिका उम्मेद्वार प्रेम सम्बाहाम्फेले १४१५, शमशेर गिरी १२२१, सचिवका उम्मेद्वार विश्वदीप लिङ्देनले १४३१, टोमलाल राजबंशीले १३१५ ,सहसचिव पदका उम्मेदवार पदम लिम्बुले १३४७ र उमाराम प्रसाईले १३३७ मत प्राप्त गरेका छन् । पदाधिकारीमा प्यानल नै जितेको थेवे समूहले सदस्यहरुमा समेत वर्चश्व कायम गरेको बताईएको छ ।

गत मंसिर १० गते सम्पन्न निर्वाचनमा ३३११ मत खसेको थियो । जिल्ला नेतृत्वका लागि दुई प्यानल बनाएर निर्वाचनमा होमिएको थियो । कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको प्यानलबाट थेवे र विश्वप्रकाश शर्माको प्यानलबाट कट्टेललाई उम्मेद्वार बनाइएको थियो । झापा कांग्रेसमा कमजोर मानिएको कट्टेल समूहले निर्वाचनमा सम्माजनक मत ल्याउन सफल भएको छ । कट्टेल समूहले ल्याएको मत अनुपातले झापामा शक्ति सन्तुलनमा बराबर रहेको देखाएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...