दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
बिराटनगर । चौध वटा लिम्बू जन्य संघ सस्थाले प्रदेश १ को सरकारी कामकाजी भाषाको रुपमा लिम्बू र मैथिली भाषालाई कानुनी मान्यता प्रदान गर्न माग गरेका छन ।
आज प्रदेश १ को राजधानी बिराटनगर स्थित प्रदेश १ का सरकारका प्रमुख मुख्यमन्त्री राजेन्द्र कुमार राइलाइ माग पत्र बुझाउदै उक्त माग राखेका हुन ।
किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको अगुवाइमा गएका १४ संस्थाका प्रतिनिधिहरुले भाषा आयोगले २०७८ भदौ २१ गते सरकारी कामकाजको भाषाका आधारहरुको निर्धारण तथा भाषा सम्बन्धि सिफारिसहरु २०७८ शिर्षकमा नेपाल सरकार समक्ष सिफारिस प्रतिवेदनको आधारमा प्रदेश सरकारले काम गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रादेशिक कामकाजिको भाषा सम्बन्धि कानुन बनाउने अधिकार संबिधानको धारा ७ को उपधारा (२) ले प्रदेसलाइ दिएको छ । सोही अनुसार चाडो भन्दा चाडो कानुन निर्माण गरि काम गर्न सरकारलाई दबाब सृजना गर्न समेत उक्त टोलि गएको लिम्बू भाषा तथा सांस्कृतिक केन्द्र तेह्रथुमका अध्यक्ष दिल पाक्सावाले बताउनुभयो ।
उक्त माग पत्र बुझाउन कियाचु लिम्बुवान प्रदेस समितिका अध्यक्ष ध्रुब सुब्बा कियाचु लिम्बू भाषा साहित्य प्रतिष्ठान उपाध्यक्ष डिल्ली लिङदम याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र्कुमार जवेगु र सल्लाहकार सेसेहाङ फियाक लिम्बू भाषा बिकास केन्द्रका दिलेन्द्र कुरुम्बाङ लिम्बू भाषा साहित्य प्रतिष्ठान झापाका सेसेमी नाल्बो लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड्का मलिसा यक्थुङबा मिथिला बिकास अभियान का पङ्कज मैथिली लिम्बू भाषा तथा सांस्कृतिक केन्द्र तेह्रथुमका दिल सावा लगायतका प्रतिनिधि मण्डलको सहभागिता रहेको थियो ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...