एमालेको नेतृत्व चयन गर्न विहान ४ बजेदेखि मतदान सुरू

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १५ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनबाट अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचित हुन प्रतिनिधिहरुले मतदान शरु गरेका छन् ।

अध्यक्ष पदमा सर्वसहमति हुन नसकेपछि आज (मंगलबार) विहान करिव ४ बजेदेखि मतदान शुरु भएको हो । मतदान अध्यक्षका उम्मेदवारद्धय केपी शर्मा ओली र भीम रावलबाट एकैसाथ लगाउँदै शुरु गरेका छन् ।

अध्यक्षका प्रत्यासी रावलले प्रतिनिधि छनौटमा नै विवाद भएको अवस्थामा लोकतान्त्रिक प्रकृयालाई स्वीकार गरेको संचारकर्मीहरुलाई प्रतिक्रिया दिएका छन् ।

निर्वाचन आयोगबाट प्राप्त सूचना अनुसार अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै ७ वटा क्लस्टरका केन्द्रीय सदस्यहरुका लागि चुनाव भइरहेको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेद्वार छन् भने ६ उपाध्यक्षका लागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ् उम्मेद्वार छन् ।

यसैगरी सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै केन्द्रीय सदस्यतर्फ खुला ८४ सदस्यका लागि चुनाव हुनेछ । प्रदेश १ को खुला ६ तथा महिला ३ सदस्यका लागि चुनाव भइरहेको छ भने । सुदूर पश्चिम प्रदेशको महिला ३ सदस्यका लागि पनि चुनाव हुने भएको छ । त्यस्तैगरी दलित खुला ८, थारु खुल्ला ५ र पिछडिएको क्षेत्र खुल्ला ३ सदस्यका लागि पनि चुनाव भइरहेको बताइएको छ ।

उपमहासचिवमा प्रदीप ज्ञवाली निर्विरोध निर्वाचित भइसकेका छन् । सर्वसम्मतिको प्रयास असफल भएपछि लोकतान्त्रिक प्रतिस्पर्धाबाटै नेता चुन्ने प्रकृयालाई सहज र स्वभाविक भएको नेता ज्ञवालीले बताए ।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;