शेर्पा महिला मञ्चको अध्यक्षमा याङ्जी शेर्पा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय शेर्पा प्रान्तीय मञ्चको जनवर्गीय संगठन संघीय महिला शेर्पा मञ्च गठन भएको हो । शनिबार सोलुखुम्बुमा आयोजित एक कार्यक्रममा याङजी शेर्पाको अध्यक्षतामा समिति गठन भएको हो ।

उक्त कार्यक्रममा अध्यक्ष याङजी सहित सचिवमा पासाङ लामा शेर्पा, अर्थसचिवमा पूर्णिका तामाङ शेर्पा चयन भएका छन् भने सदस्यहरुमा निमा डोल्मा शेर्पा, पेमा शेर्पा, याङ्जी शेर्पा, ङिमा ल्हामु शेर्पा, साङ्मु शेर्पा, पेमा रिन्जिन शेर्पा, लाबुटी शेर्पा र कृष्ण माया तामाङ रहनु भएको छ ।

संघीय मञ्चका संघीय सचिव तथा महिला संयोजक शान्ता योङहाङको विशेष उपस्थितिमा समिति गठन भएको संघीय सदस्य सुर्य आङबुङले लिम्बुवान खबरलाई बताए । कार्यक्रममा शेर्पा जातीहरुको सांस्कृति झल्कने कार्यक्रमको समेत आयोजना भएको थियो ।

 

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...