शेर्पा महिला मञ्चको अध्यक्षमा याङ्जी शेर्पा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय शेर्पा प्रान्तीय मञ्चको जनवर्गीय संगठन संघीय महिला शेर्पा मञ्च गठन भएको हो । शनिबार सोलुखुम्बुमा आयोजित एक कार्यक्रममा याङजी शेर्पाको अध्यक्षतामा समिति गठन भएको हो ।

उक्त कार्यक्रममा अध्यक्ष याङजी सहित सचिवमा पासाङ लामा शेर्पा, अर्थसचिवमा पूर्णिका तामाङ शेर्पा चयन भएका छन् भने सदस्यहरुमा निमा डोल्मा शेर्पा, पेमा शेर्पा, याङ्जी शेर्पा, ङिमा ल्हामु शेर्पा, साङ्मु शेर्पा, पेमा रिन्जिन शेर्पा, लाबुटी शेर्पा र कृष्ण माया तामाङ रहनु भएको छ ।

संघीय मञ्चका संघीय सचिव तथा महिला संयोजक शान्ता योङहाङको विशेष उपस्थितिमा समिति गठन भएको संघीय सदस्य सुर्य आङबुङले लिम्बुवान खबरलाई बताए । कार्यक्रममा शेर्पा जातीहरुको सांस्कृति झल्कने कार्यक्रमको समेत आयोजना भएको थियो ।

 

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...