नेपाली कांग्रेस प्रदेश १ सभापतिमा घिमिरे र थापाको प्यानलसहित उम्मेदवारी दर्ता

 लिम्बुवान न्युज
                       

विराटनगर, लिम्बुवानखबर । नेपाली कांग्रेसको प्रदेश १ सभापतिका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् । शनिबार हुने मतदानमा संस्थापन पक्षलाई नेता कृष्णप्रसाद सिटौलाले सहयोग गरेका छन् ।

सभापतिमा संस्थापन इतर समूहबाट गुरु घिमिरे र संस्थापन समूहबाट उद्धव थापाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी २ उपसभापतिका लागि गोविन्द ढुंगाना, टंक राई, रमेशजंग रायमाझी र विश्वनाथ रिजालले उम्मेदवारी दिएका छन् । २ महामन्त्रीका लागि संस्थापनइतर पक्षबाट दिपेन श्रेष्ठ र उमेश थापा तथा संस्थापन पक्षबाट पद्मसुन्दर पालुङ्वा र भुपेन्द्र राईले उम्मेदवारी दिएका छन् ।

३ सहमहामन्त्रीका लागि प्रमिला गच्छदार, मानबहादुर लिम्बु, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो, रोहितकुमार साह, इन्दिरा थापा, सुभाषचन्द्र राई, सीता कार्की, वीरकाजी राईले उम्मेदवारी दिएका छन् । प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि १ हजार ७ सय ७० जनाले मतदान गर्नेछन् । मतदान शनिबार विहान हुनेछ ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...