नेपाली कांग्रेस प्रदेश १ सभापतिमा घिमिरे र थापाको प्यानलसहित उम्मेदवारी दर्ता

 लिम्बुवान न्युज
                       

विराटनगर, लिम्बुवानखबर । नेपाली कांग्रेसको प्रदेश १ सभापतिका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् । शनिबार हुने मतदानमा संस्थापन पक्षलाई नेता कृष्णप्रसाद सिटौलाले सहयोग गरेका छन् ।

सभापतिमा संस्थापन इतर समूहबाट गुरु घिमिरे र संस्थापन समूहबाट उद्धव थापाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी २ उपसभापतिका लागि गोविन्द ढुंगाना, टंक राई, रमेशजंग रायमाझी र विश्वनाथ रिजालले उम्मेदवारी दिएका छन् । २ महामन्त्रीका लागि संस्थापनइतर पक्षबाट दिपेन श्रेष्ठ र उमेश थापा तथा संस्थापन पक्षबाट पद्मसुन्दर पालुङ्वा र भुपेन्द्र राईले उम्मेदवारी दिएका छन् ।

३ सहमहामन्त्रीका लागि प्रमिला गच्छदार, मानबहादुर लिम्बु, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो, रोहितकुमार साह, इन्दिरा थापा, सुभाषचन्द्र राई, सीता कार्की, वीरकाजी राईले उम्मेदवारी दिएका छन् । प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि १ हजार ७ सय ७० जनाले मतदान गर्नेछन् । मतदान शनिबार विहान हुनेछ ।

सम्बन्धित समाचार

केर्खामा ‘सिसेक्पा तङनाम’ भव्य मनाइयाे

बसन्त राज सुब्बा कमल, झापा /  कमलस्थित केर्खा बजारमा याक्थुङ/लिम्बु जातिको मौलिक चार्ड सिसेक्पा तङनाम कार्यक्रम भव्यरूपमा सम्पन्न भएकाे छ ।  साउन २ गते याक्थुङ /लिम्बु जातिको मौलिक चार्ड " सिसेक्पा तङनाम" साउने संक्रान्ती २०८२...

अप्पर तमोर जलविद्युत निर्माण स्थलमा स्थानीयको प्रदर्शन

दमक, ३ असार । ताप्लेजुङ जिल्ला फक्ताङलुङस्थित लिङखिममा निर्माणाधीन अप्पर तमोर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीयले विरोध गर्दै प्रदर्शन गरेका छन् । शुक्रवार प्रभावित क्षेत्रका बासिन्दाले उक्त आयोजनाको काम रोक्नुपर्ने माग गर्दैे प्रदर्शन गरेका हुन्...

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।