छकलीटार भेलाको उद्घाटन कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

तेह्रथुम, १७ मंसिर । तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजार स्थित छकलीटारमा लिम्बुहरुको ऐतिहासिक भेला सम्पन्न भएकोछ । लिम्बु थरगत सहजीकरण सयङहरुको संयोजन समितिको आयोजनामा सम्पन्न भेलामा १२० थरी लिम्बुहरुको सहभागिता रहेको छ ।

छकलीटार भेला उद्घाटन कार्यक्रममा स्थानीय समुदायको समेत उल्लेख्य सहभागिता रहेको थियो । छकलिटारको खेलमैदानमा आयोजित पहिलो उद्घाटन खुल्ला सभा हुनुपुर्व च्याब्रुङ सहितको ¥यालीले मेयङलुङ बजार परिक्रमा गरेको थियो ।

याक्थुङहरुको भुमी अधिकार सम्बन्धि बिषयमा छलफल गर्ने उद्देश्यले गरिएको उक्त भेलाको प्रमुख अतिथि २०२५ सालमा पहिलो किपट अधिकार सम्बन्धि भेलामा सहभागी प्रेमभक्त तुम्खेवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न स्थानीय जनप्रतिनिधि तथा राजनीति दलका नेताहरुको आतिथ्यता रहेको थियो ।

यस प्रकारको भेला २०२५ सालमा यहि छकलिटारमा नै १० लिम्बुवान सत्र थुमको तुम्याङहाङहरुको उपस्थितिमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम यसैको निरन्तरताको लागि रहेको छ ।

उद्घाटन कार्यक्रमको अबसरमा संघीय लिम्बुवान मञ्च तेह्रथुमका अध्यक्ष बिजय निङलेकु, जसपा जिल्ला प्रतिनिधि लोक बहादुर लिम्बू, नेकपा एसका जिल्ला अध्यक्ष कृष्ण लिम्बू, माओवादी प्रतिनिधि रमेश घिमिरे, नेकपा एमालेका छत्र रिमाल, जनप्रतिनिधि आठराई गाउपालिका वडा नं ६ का वडा अध्यक्ष तेजप्रसाद कन्दङ्वा, मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादव खापुङ, छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेला र मेयङलुङ नगरपालिका मेयर संजय तुम्बाहाङफे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...