छकलीटार भेलाको उद्घाटन कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

तेह्रथुम, १७ मंसिर । तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजार स्थित छकलीटारमा लिम्बुहरुको ऐतिहासिक भेला सम्पन्न भएकोछ । लिम्बु थरगत सहजीकरण सयङहरुको संयोजन समितिको आयोजनामा सम्पन्न भेलामा १२० थरी लिम्बुहरुको सहभागिता रहेको छ ।

छकलीटार भेला उद्घाटन कार्यक्रममा स्थानीय समुदायको समेत उल्लेख्य सहभागिता रहेको थियो । छकलिटारको खेलमैदानमा आयोजित पहिलो उद्घाटन खुल्ला सभा हुनुपुर्व च्याब्रुङ सहितको ¥यालीले मेयङलुङ बजार परिक्रमा गरेको थियो ।

याक्थुङहरुको भुमी अधिकार सम्बन्धि बिषयमा छलफल गर्ने उद्देश्यले गरिएको उक्त भेलाको प्रमुख अतिथि २०२५ सालमा पहिलो किपट अधिकार सम्बन्धि भेलामा सहभागी प्रेमभक्त तुम्खेवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न स्थानीय जनप्रतिनिधि तथा राजनीति दलका नेताहरुको आतिथ्यता रहेको थियो ।

यस प्रकारको भेला २०२५ सालमा यहि छकलिटारमा नै १० लिम्बुवान सत्र थुमको तुम्याङहाङहरुको उपस्थितिमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम यसैको निरन्तरताको लागि रहेको छ ।

उद्घाटन कार्यक्रमको अबसरमा संघीय लिम्बुवान मञ्च तेह्रथुमका अध्यक्ष बिजय निङलेकु, जसपा जिल्ला प्रतिनिधि लोक बहादुर लिम्बू, नेकपा एसका जिल्ला अध्यक्ष कृष्ण लिम्बू, माओवादी प्रतिनिधि रमेश घिमिरे, नेकपा एमालेका छत्र रिमाल, जनप्रतिनिधि आठराई गाउपालिका वडा नं ६ का वडा अध्यक्ष तेजप्रसाद कन्दङ्वा, मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादव खापुङ, छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेला र मेयङलुङ नगरपालिका मेयर संजय तुम्बाहाङफे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...