लिम्बुवान महिला मञ्च सुनसरी अध्यक्षमा पुनः सरस्वती सुब्बा

 लिम्बुवान न्युज
                       

धरान, १८ मंसिर । संघीय लिम्बुवान मञ्च, नेपालको जनवर्गीय संगठन संघीय लिम्बुवान महिला मञ्च, सुनसरी जिल्लाको तेस्रो अधिवेशनले पुनः सरस्वती सुब्बालाई दोस्रो कार्यकालको लागि अध्यक्ष निर्वाचित गरेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिवालय सदस्य तथा संघीय मोदरको उपमा पाएकी नेतृ सावित्रा लिम्बुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला इन्चार्ज प्रान्तीय सचिव भुपेन्द्र सुन्दर लावतीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमले अध्यक्ष सुब्बाको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । उपाध्यक्षहरुमा बिष्णुकुमारी लिम्बु (निस्ता), सुखमाया लिम्बु, धनमाया लिम्बु, अनुराधा लिम्बु, मनमाया लिम्बु र गंगा राई, सचिवहरुमा पवित्रा चोङबाङ, सरस्वती मगर लिम्बु र सुमित्रा खेवा छन् भने अर्थसचिवमा गीता लिम्बु चयन भएकी छन् ।
यसैगरी सदस्यहरुमा विमला लिम्बु, दिलकुमारी लिम्बु, विनु लिम्बु, शशी कोइराला, निरु लिम्बु, देवीमाया भण्डारी, मनु राई, चन्द्र वनेम, दिला वनेम, चित्रानी वनेम, देवीमाया लिम्बु, निर्मला सुहाङ, कृष्ण कुमारी सुब्बा लिम्बु र संगीता लिम्बु केरुङ सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी सल्लाहकारमा नन्दकुमारी लिम्बुलाई जिम्मेवारी दिइएको लिम्बुवान मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले लिम्बुवान खबरलाई वताएका छन् ।

धरान उपमहानगर अध्यक्षमा नर्वदा

यसैगरी आजै भएको संघीय लिम्बुवान मञ्च, नेपाल धरान उपमहानगर समितिको अध्यक्षमा नर्वदा लिम्बु पुनः निर्वाचित भएकी छन् । उपाध्यक्षहरुमा संचमाया लिम्बु, विमला लिम्बु, सुलोचना लिम्बु, गायत्री लिम्बु र पवित्रा लिम्बु चयन भएका छन् भने सचिवहरुमा सरिता लिम्बु, नुमा नयङ लिम्बु र कमला लिम्बु रहेका छन् । अर्थसचिवमा ललिता लिम्बुले जिम्मेवारी पाएकी छन् ।

त्यसैगरी सल्लाहकारमा पद्मा लिम्बु चयन हुँदा सदस्यहरुमा सरस्वती लिम्बु, मिना गुरुङ, शान्ती लिम्बु, सम्झना लिम्बु, सुनमाया लिम्बु, लक्ष्मी लिम्बु, उमा लिम्बु राई, सीता लिम्बु, चन्द्रमाया लिम्बु, खेमु कुमारी लिम्बु, मंजिला लिम्बु, बन्दना लिम्बु, सुमन लिम्बु, यम माया लिम्बु, उर्मिला लिम्बु, अरविना लिम्बु, मिना श्रेष्ठ, अमृता लिम्बु, सुनिता खजुम लिम्बु, फूलमाया लिम्बु, कल्पना लिम्बु, सुस्मा लिम्बु र हिमाली फेउदिन रहका छन् ।

सम्बन्धित समाचार

केर्खामा ‘सिसेक्पा तङनाम’ भव्य मनाइयाे

बसन्त राज सुब्बा कमल, झापा /  कमलस्थित केर्खा बजारमा याक्थुङ/लिम्बु जातिको मौलिक चार्ड सिसेक्पा तङनाम कार्यक्रम भव्यरूपमा सम्पन्न भएकाे छ ।  साउन २ गते याक्थुङ /लिम्बु जातिको मौलिक चार्ड " सिसेक्पा तङनाम" साउने संक्रान्ती २०८२...

अप्पर तमोर जलविद्युत निर्माण स्थलमा स्थानीयको प्रदर्शन

दमक, ३ असार । ताप्लेजुङ जिल्ला फक्ताङलुङस्थित लिङखिममा निर्माणाधीन अप्पर तमोर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीयले विरोध गर्दै प्रदर्शन गरेका छन् । शुक्रवार प्रभावित क्षेत्रका बासिन्दाले उक्त आयोजनाको काम रोक्नुपर्ने माग गर्दैे प्रदर्शन गरेका हुन्...

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।