लिम्बुवान मञ्च धनकुटाको अध्यक्ष बने कविर चेम्जोङ्

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १९ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति धनकुटाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार धनकुटामा बजारस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमले कविर चेम्जोङको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति बनेको हो ।

मञ्चका प्रान्तीय महासचिव अशोक चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले चेम्जोङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा सकुन्तला लिम्बु र डिल्ली वनेम चयन भएका छन् भने सचिवमा राजेश इवा, सह–सचिवमा पदम आङलाबाङ र अर्थसचिवमा शान्ती चेम्जोङ् रहेका छन् ।

यसरी नै जिल्ला सदस्यहरुमा महाविर लिम्बू, उमानाथ अधिकारी, प्रदिप आङवुहाङ, सुनिता दर्जि, मान बहादुर लावती, गिता इवा लिम्बू, अमृत खजुम, ललित चेम्जोङ, दौलाथमान मंयाक लिम्वु, भक्त मादेन लिम्बू, दिल कुमार तुम्वापो, तुलसी इवा, सम्पुर्ण तुम्वापो, आइत सोदेम्वा, सोम माया लिम्बू, पुर्ण बहादुर इवा लिम्बू, आराम कुमार लिम्बू, नगेन्द्र चेम्जोङ, अनिता लिम्बू, जय राज मादेन, गोकुल मादेन र दिल प्रसाद रहेका छन् ।

उक्त कार्यक्रममा प्रान्तीय सचिवालय सदस्य सजन याक्खा, प्रान्तीय सदस्यहरु कमल सिं तिगेला, गंगाहाङ तिगेला, गुरु प्रसाद लिम्बू यसरीनै लिम्बुवान प्रान्तिय मजदुर मञ्चको अध्यक्ष दल प्रकाश लावती र लिम्वुवान भोलेन्टियर्सको केन्दीय सिनीयर उपकमाण्डर भुपाल चेम्जोङ, विजय प्रकाश चेम्जोङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कविर चेम्जोङको सभाध्यक्षतामा रहेको कार्यक्रममा स्वागत मन्तव्य गुरु प्रसाद लिम्बुले राखेका थिए भने कार्यक्रमको संचालन कमल सिं तिगेलाले गरेका थिए ।

 

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...