विष्णु सापकोटा प्रेस सेन्टर नेपालको अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) निर्वाचित भएका छन् । शनिबारदेखि चितवनमा राष्ट्रिय महाधिवेशनले अध्यक्षमा जुगललाई निर्वाचित गरेको हो ।

आइतबार पदाधिकारीबिनै १८४ जना केन्द्रीय सदस्यको नाम चयन गरेको थियो । सोही १८४ जनाले अध्यक्षसहितका पदाधिकारी चयन गर्ने प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य बलराम थापाले बताएका थिए । त्यसअघि महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको थियो ।

अध्यक्षसहितका पदाधिकारी चयन गर्न चितवनमै १८४ जना केन्द्रीय सदस्यको बैठक बस्ने तयारी भइरहेका बेला नेतृत्वका विषयमा सहमति जुटेको हो । केन्द्रीय कमिटीको पहिलो बैठक बस्ने तयारीका बीच अध्यक्षका दाबेदारमध्यकै एक गोविन्द रोका (सचिन)ले छाडेपछि सापकोटाको नाममा सहमति भएको हो । रोकाकै प्रस्तावमा सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष निर्वाचित भए पनि उपाध्यक्ष लगायतका पदाधिकारीका विषयमा भने सहमति जुटेको छैन् । महाधिवेशनले ८ मनोनितसहित १९९ सदस्यीय केन्द्रीय सदस्य चयन गर्नुपर्ने थियो । तर, १८४ केन्द्रीय सदस्यको नाम मात्रै घोषणा भएको छ । र अध्यक्षमा सापकोटा निर्वाचित भएका छन् ।

प्रेस सेन्टरमा अध्यक्ष एक, महिला उपाध्यक्ष एक, समावेशी उपाध्यक्ष एक, खुला उपाध्यक्ष ११, महासचिव एक, उपमहासचिव पाँच, सचिव खुला ६, महिला सचिव दुई, आदिवासी दुई, मधेसी दुई, दलित दुई, अल्पसंख्यक दुई, कर्णाली एक र कोषाध्यक्ष एकजना रहनेछन् ।

अध्यक्षमा विष्णु सापकोटा (जुगल), गोविन्द रोका (सचिन), बलराम थापा, लक्ष्मी पुन लगायतले दावी गरेका थिए ।

 

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...