संघीयता रक्षा गर्न राजनीतिक दलबिच गठबन्धन – पूर्व प्रधानमन्त्री नेपाल

,   लिम्बुवान न्युज
                       

दमक, २० मंसिर । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण र सङ्घीयता रक्षा गर्न राजनीतिक दल वीच गठबन्धन निर्माण भएको स्पष्ट पारेका छन् ।

गठबन्धनमा कुनै समस्या नदेखिएको बताउदै उनले लोकतन्त्र ,धर्म निरपेक्ष ,गणतन्त्रको रक्षा गर्न सत्तारुढ दलहरुवीच आगामी निर्वाचनसम्म दलीय गठबन्धन कायम रहने जोड दिए ।

पार्टी सम्बद्ध नेपाल खेलकुद महासंघ समाजवादीले सोमबार दमकमा आयोजनामा गरेको प्रदेशस्तरिय खेलकुद तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष नेपालले भने ,–‘ आउने सवै निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धनले झन सफलता हासिल गर्ने छ ,त्यसमा द्धिवीधा छैन् ।’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र अन्तर्गत दमकमा आयोजित प्रदेशस्तरिय खेलकुद कार्यक्रमलाई सम्बोधनका क्रममा उनले ओलीको अहंमताका कारण कम्यूनिष्ट पार्टी विभाजित हुन पुगेकाले अवको निर्वाचनमा एकीकृत समाजवादी जनताको लोकप्रिय पार्टीका रुपमा स्थापित हुने दावी गरे ।

कार्यक्रममा पार्टीका १ नम्बर प्रदेश कमिटीका अध्यक्ष समेत रहेका प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र राईले लोकतन्त्र, संघीयताको कार्यान्वयन गर्दे देशलाई समृद्धि तर्फ लैजान देशको साझा चुनौती भएको उल्लेख गरे ।

त्यस्तै पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले एमाले कम्यूनिष्टको नाममा पलायन तर्फ उन्मुख भएकाले त्यसको बिकल्पमा देशभक्ति कम्यूनिष्टका एकता निर्माण गर्ने लक्ष्यका साथ एकीकृत समाजवादी जनताका बीचमा आएको जोड दिए ।

१ नम्बर प्रदेश अन्तर्गतका १४ जिल्लाबाट विभिन्न बिधाका खेलाडीहरु सहित पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय अध्यक्ष केशव बहादुर विष्ट लगायतले सम्बोधन गरेका थिए । पार्टीका दमक नगर कमिटी अध्यक्ष महेश घिमिरेले सञ्चालन गरेको सो कार्यक्रममा प्रदेश इञ्चार्ज हंसराज वाग्लेले स्वागत मन्तव्य राखेका थिए भने सो अवसरमा विभिन्न बिधाका खेलाडीहरुले खेलको नमुना प्रस्तुत गरेका थिए ।

सो अवसरमा खेलकुदको व्यवसायिक बिकास, राष्ट्रिय खेलकुद नीति, खेल क्षेत्रका सम्भावना र चुनौतीहरुका बिषयमा पनि प्रशिक्षण सञ्चालन भएको एकीकृत समाजवादीका जिल्ला प्रचार विभाग प्रमुख तिर्थ सिग्देलले जानकारी दिए ।

सम्बन्धित समाचार

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

;