लिम्बुवान सामाजिक मञ्च बेल्जियम गठन, अध्यक्षमा देउमान सुब्बा

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २१ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल प्रवास समिति बेल्जियम समिति गठन भएको छ । मंगलबार देउमान सुब्बाको अध्यक्षतामा १३ सदस्यीय संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समिति बेल्जियम गठन भएको हो ।

अन्तराष्ट्रिय प्रवास समन्व मञ्चका संयोजक चन्द्रकुमार लिङ्देनको प्रमुख आतिथ्यतामा भर्चुअल जुममार्फत भएको कार्यक्रमबाट समिति गठन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा डम्बर बहादुर लिम्बु, उपाध्यक्षहरुमा बाल सेनेहाङ, मनरुपा लिम्बु रहेका छन् भने महासचिवमा इन्दीरा थेवे, उपमहासचिवमा तनिसा सेनेहाङ, अर्थसचिव शुशिला सुब्बा र अर्थ–सहसचिव सुगा थेवे चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा एस सेनेहाङ, अस्मिता लिम्बु र सुमी बराईली रहेका छन् । त्यसैगरी सल्लाहकारमा विनु लिम्बु र पुपुसा खपाङ्गी चयन भएका छन् । संघीय मञ्चको हाल १२ वटा प्रवासहरुमा संगठन विस्तार भइसकेको छ ।

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;