एल.भी. लिम्बुवान आन्दोलनको अभिन्न अङ्ग हो– लिङदेन

 लिम्बुवान न्युज
                       

 

मिक्लाजुङ् ,२१ मंसिर ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले लिम्बुवान भोलेन्टियर्स भनेको लिम्बुवान आन्दोलनको अभिन्न अङ्ग भएको बताएका छन् ।

मोरङको मिक्लाजुङस्थित धोवेनीमा लिम्बुवान भोलेन्टियर्स केन्द्रीय कमाण्डको तेस्रो विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेन सो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि लिङदेनले लिम्बुवानको मुद्दालाई संस्थागत गर्ने क्रममा भएको उपलब्धीको मुख्य श्रेय नै भोलेन्टियर्सलाई जाने बताए । भोलेन्टियर्स बनाउने की फोर्स बानाउने भन्ने लामो बहस पछि लिम्बुवान मञ्चको माहतमा रहने युवा दस्ता एल.भी. बनाइएको खुलासा गर्दै भने केही साथीहरुले विभिन्न नामहरु प्रस्ताव गर्दै एलभी बनाउन नहुने तर्क राखेका थिए ।

यसैगरी कार्यक्रममा बिशिष्ट अतिथि बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ, उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, प्रान्तीय महासचिव अशोक चेम्जोङ, प्रान्तीय उपमहासचिव तथा मोरङ इन्चार्ज दिलकुमार लावती, प्रान्तीय सचिवालय सदस्य दिलु लिङदेन लावती, मोरङ जिल्ला अध्यक्ष जीवन खेवा लगायत नेताहरुले एलभीको राष्ट्रिय भेलामा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नौ जिल्लाका ५० केन्द्रीय कमाण्डर र फिल्ड कमाण्डर एकसयको हाराहारीमा सहभागी भएका छन् । कार्यक्रम लिम्बुवान भोलेन्टियर्स केन्द्रीय कमाण्डर थाङसाङ लावतीको सभाध्यक्षतामा भएको छ । कार्यक्रमको संचालन उपकमाण्डर विकास मगरले गरेका थिए भने स्वागत मन्तव्य केन्द्रीय सिनियर कमाण्डर सन्तोष तुम्बापोले गरेका थिए ।

बिस्तारित भेलाले आजै नयाँ कमाण्ड गठन गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...