दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
शिवसताक्षी, लिख । किराँत लिम्बू समूदायहरुको मौलिक तथा प्राकृतिक पर्व चासोक तङनाम भव्य रुपमा मनाइने भएको छ । झापाको शिवसताक्षी दुधेस्थित रंगशालामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा सार्वजानिक गरिएको हो ।
दुधेमा आयोजित पत्रकार सम्मेलनमा किराँत याक्थुङ चूम्लुङ शिवसताक्षीका अध्यक्ष वीरवल जवेगुले बताए । सम्मेलनमा चासोक तङनाम २०७८ को तयारी सुरु गरिएको समेत उनले पत्रकारहरुलाई जनाएका छन् ।
हरेक बर्ष चासोक मेलाको रुपमा मनाइदै आएको चासोक तङनाम कोभिड – १९ (कोरोना भाइरस)को तेस्रो भेरियन्ट ओमिक्रोनका कारण यस पटक पौष ४ गते १ दिन मात्र मनाइने बताइएको छ । एक दिनमात्र उत्सवका रुपमा मनाइने कार्यक्रममा यस भन्दा अघि गरिएको कार्यक्रम जस्तै सबै विधालाई समेटिने समेत सम्मेलनमा अध्यक्ष जवेगुले बताए ।
कार्यक्रममा राष्ट्रिय कलाकार मेलिना राई र राष्ट्रिय हास्य कलाकार भरतमणि पौडेलको बेजोड प्रस्तुती रहने छ । सो क्रममा कार्यक्रम सम्पन्न गर्न १० लाख खर्च हुने बताइएको छ । रकम देश तथा विदेशमा रहेका व्यक्ति तथा स्थानीय स्तरका दाताहरुबाट संकलन गरिने बताइएको छ ।
तङ्नाममा प्रदेश नं. १ का सबै जिल्लाहरुबाट जमघट हुने छ भने उक्त कार्यक्रममा भारतको दार्जिलिङ, सिक्किबाट समेत उपस्थिति रहने बताइएको छ । चासोक तङनामको भव्य तयारीका लागि १९ बढी विभिन्न मूल उप–समिति गठन गरिएको छ ।
आर्थिक संयोजकमा सूर्य योङया, प्रचार प्रसार संयोजकमा सन्तोष थोप्रा, केलाङ संयोजकमा डिल्लीलाल फेम्बु, स्वयमसेवक संयोजकमा अभिशेक केदेम रहेका छन्, त्यस्तै कलाकार बिभाग संयोजकमा सन्तोष थोप्रा, प्रसाद वितरण संयोजकमा कमला आङ्देम्बे र शोभा लिम्बू, मञ्च व्यवस्थापन संयोजकमा अमर लिम्बू, स्टल र लाइटिङ विभाग संयोजकमा शर्मिला राई , फेदाङ्मा तथा सेवासाँवा व्यवस्थापन संयोजनमा महेश्वर खेवा, क्याट्रिङ तथा खाना व्यवस्थापन संयोजकमा सोराहाङ योङहाङ रहेका छन् ।
त्यस्तै साउण्ड सिस्टम व्यवस्थापन संयोजकमा बीरबल जवेगु, प्रेस संयोजक सेलिङ केसी, यातायात व्यवस्थापन संयोजकमा शिशिर तुम्बापो, स्थानीय कलाकार व्यवस्थापन संयोजकमा साजन फागो, टेण्ट, गेट, स्टेज व्यवस्थापन संयोजकमा रोशन थोप्रा, अतिथि सत्कार व्यवस्थापन संयोजकमा पवित्रा लिम्बू, पःलुङ लि तोङ व्यवस्थापन संयोजकमा किरण लिङ्देन, किनमेल व्यवस्थापन संयोजकमा विक्रम तुम्वापो, मौलिक घर व्यवस्थापन संयोजकमा विक्रम वनेम फागो, महिला व्यवस्थापन संयोजकमा पार्वता सेलिङ रहेका छन् भने मूल समितिमा किराँत याक्थुङ चुम्लुङका शिवसताक्षी अध्यक्ष बीरबल जवेगु रहेका छन् ।
प्रदेश १ स्तरीय चासोक तङनाममा धान नाँच, मेला केलाङ, माङलाङ मेला ,छेलो प्रतियोगिता, धनुकाण प्रतियोगिता समेत हुने बताइएको छ । किराँत याक्थुङ चुम्लुङका अध्यक्ष वीरवल जवेँगुको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनको सञ्चलान सचिव प्रेम शेर्माले गरेका थिए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...