लिम्बु भाषाको गीत ‘चिताङ्सिर गीत यूट्युबबाट सार्वजनिक
शुक्रबार, २४ मंसिर, २०७८ साँझको ०७:५० बजे,
लिम्बुवान न्युज
फेदेन ।लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो बिहिवार सार्वजनिक भएको छ । याक्थुङ फिल्म्स युट्युब च्यायनलबाट सार्वजनिक गरिएको हो ।
सागर केरुङको शब्द÷संगीत रहेको गीतलाई बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् ।
पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन गरिएको गीतमा स्वर विशाल केरुङ, गंगा फियाक, छायांकन सञ्जय आचार्य, ड्रोन फुङ्सो जबेगु, नृत्य कोरियोग्राफ निङ्वा नेम्बाङ, शृङ्गार अमृता जबेगु, एरेन्ज मोनि ताम्लिङ र प्रकाश संयोजन निस्चल आचार्यले गरेका छन् ।
चन्द्रकला साँवाको निर्माण रहेको गीतमा सागर केरुङ, सुक्मिता केरुङ, निङ्वा नेम्बाङ, तारा लिङ्देन, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघाले अभिनय गरेका छन् ।
ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...
फेदेन। पान्थर जिल्लाको फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...