कुमार लिङदेन मिराक संघीय मञ्चको दोस्रो कार्यकालको लागि पुनः अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

धरान, विजयपुर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो संघीय राष्ट्रिय महाधिवेशनले कुमार लिङदेन मिराकलाई दोस्रो कार्यकालको लागि अध्यक्षमा पुनः निर्वाचित गरेको छ । धरानमा चारदिनसम्म चलेको महाधिवेशनको बन्दसत्रले लिङदेनलाई पुन अध्यक्षमा निर्वाचित गरेको हो ।

बुधबार धरानस्थित नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष लिङदेनले लिम्बुवानसहितको १०+१ प्रान्त स्थापना गर्ने मुल मुद्दा केन्द्रित हुँदै जबसम्म प्रदेशको राजधानी पहाडमा लगिदैन पहाड मरुभूमि हुने बताएका छन् । विकासको नाममा पहाडमा उजाडिकरण गर्ने एकात्मक राज्य सत्ताको विकासे मोडको विरोध गर्दै अध्यक्ष लिङदेनले भने जबसम्म पहाडमा फर्किने नयाँ मोडलको विकास निर्माण हुँदैन जतिसुकै बाटोघाटो बनाएपनि पहाड छोड्ने क्रम जारीरहेकोमा आफू चिन्तित भएको बताए ।

महाधिवेशनले अध्यक्ष लिङदेनसँगै संघीय उपाध्यक्षहरुमा ज्ञानबहादुर गुरुङ्, ज्ञानुहाङ इम्बुङ्, विशेन्द्र चेम्जोङ, विष्णु तुम्बाहाम्फे, चन्द्र खापुङ, इन्द्रकुमार श्रेष्ठ, अम्बर बहादुर पन्धाक, विष्णु कुमार यक्सो, कृष्णमान थेवे, रघुवीर ठगुन्ना, शर्मिला वागचन्द, तेम्डी शेर्पा, मिङमार लामा निर्वाचित भएका छन् । त्यसैगरी संघीय महासचिवमा अशोक चेम्जोङ र शान्ता योङहाङ सर्वसहमतिबाट निर्वाचित भएका छन् ।

यसैगरी उपमहासचिवमा आईदेव राई ‘यलम्बर’ (लिम्बुवान), गजेन्द्र सङ्बो लिम्बु (तमुवान) र दिपा लिम्बु हाङसरोङ् (नेवाः)बाट निर्वाचित भएका छन् । यसैगरी दुई संस्थापक नेताहरुमा देउकुमार निङलेखु र सुरेन्द्र लिम्बु चयन भएका छन् । महाधिवेशनले १८१ सदस्यीय संघीय समिति निर्वाचित गरेको छ भने दुईसय जना संघीय सह–अस्तित्व समिति सदस्य निर्वाचित गरेको छ ।

महाधिवेशनमा लिम्बुवान, किरात खम्बुवान, मधेश, दलित, खसान, शेर्पा, तामाङसालिङ, तमुवान लगायतका प्रान्तहरुबाट ७ सय जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महाधिवेशनले एकपटक प्रान्तको अध्यक्ष भईसकेको मात्र संघीय अध्यक्ष हुने साथै प्रान्तीय अध्यक्षहरु स्वतः संघीय उपाध्यक्ष हुन पाउने जनाइएको छ । तर, प्रान्तीय अधिवेशन गरेको हुनु पर्ने, कम्तिमा एक हजार भन्दा धेरै कृयासिल सदस्यता वितरण गरेको हुने पर्ने नयाँ विधानमा व्यवस्था गरेको छ ।

 

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...