कुमार लिङदेन मिराक संघीय मञ्चको दोस्रो कार्यकालको लागि पुनः अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

धरान, विजयपुर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो संघीय राष्ट्रिय महाधिवेशनले कुमार लिङदेन मिराकलाई दोस्रो कार्यकालको लागि अध्यक्षमा पुनः निर्वाचित गरेको छ । धरानमा चारदिनसम्म चलेको महाधिवेशनको बन्दसत्रले लिङदेनलाई पुन अध्यक्षमा निर्वाचित गरेको हो ।

बुधबार धरानस्थित नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष लिङदेनले लिम्बुवानसहितको १०+१ प्रान्त स्थापना गर्ने मुल मुद्दा केन्द्रित हुँदै जबसम्म प्रदेशको राजधानी पहाडमा लगिदैन पहाड मरुभूमि हुने बताएका छन् । विकासको नाममा पहाडमा उजाडिकरण गर्ने एकात्मक राज्य सत्ताको विकासे मोडको विरोध गर्दै अध्यक्ष लिङदेनले भने जबसम्म पहाडमा फर्किने नयाँ मोडलको विकास निर्माण हुँदैन जतिसुकै बाटोघाटो बनाएपनि पहाड छोड्ने क्रम जारीरहेकोमा आफू चिन्तित भएको बताए ।

महाधिवेशनले अध्यक्ष लिङदेनसँगै संघीय उपाध्यक्षहरुमा ज्ञानबहादुर गुरुङ्, ज्ञानुहाङ इम्बुङ्, विशेन्द्र चेम्जोङ, विष्णु तुम्बाहाम्फे, चन्द्र खापुङ, इन्द्रकुमार श्रेष्ठ, अम्बर बहादुर पन्धाक, विष्णु कुमार यक्सो, कृष्णमान थेवे, रघुवीर ठगुन्ना, शर्मिला वागचन्द, तेम्डी शेर्पा, मिङमार लामा निर्वाचित भएका छन् । त्यसैगरी संघीय महासचिवमा अशोक चेम्जोङ र शान्ता योङहाङ सर्वसहमतिबाट निर्वाचित भएका छन् ।

यसैगरी उपमहासचिवमा आईदेव राई ‘यलम्बर’ (लिम्बुवान), गजेन्द्र सङ्बो लिम्बु (तमुवान) र दिपा लिम्बु हाङसरोङ् (नेवाः)बाट निर्वाचित भएका छन् । यसैगरी दुई संस्थापक नेताहरुमा देउकुमार निङलेखु र सुरेन्द्र लिम्बु चयन भएका छन् । महाधिवेशनले १८१ सदस्यीय संघीय समिति निर्वाचित गरेको छ भने दुईसय जना संघीय सह–अस्तित्व समिति सदस्य निर्वाचित गरेको छ ।

महाधिवेशनमा लिम्बुवान, किरात खम्बुवान, मधेश, दलित, खसान, शेर्पा, तामाङसालिङ, तमुवान लगायतका प्रान्तहरुबाट ७ सय जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महाधिवेशनले एकपटक प्रान्तको अध्यक्ष भईसकेको मात्र संघीय अध्यक्ष हुने साथै प्रान्तीय अध्यक्षहरु स्वतः संघीय उपाध्यक्ष हुन पाउने जनाइएको छ । तर, प्रान्तीय अधिवेशन गरेको हुनु पर्ने, कम्तिमा एक हजार भन्दा धेरै कृयासिल सदस्यता वितरण गरेको हुने पर्ने नयाँ विधानमा व्यवस्था गरेको छ ।

 

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...