मञ्चको १ नं. समन्वय समितिको संयोजकमा गुरुङ्

 लिम्बुवान न्युज
                       

विजयपुर, सुनसरी । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ नम्बर प्रदेश समन्वय समिति गठन गरेको छ । सोमबार धरानको इजिराइडरस्थित हलमा ज्ञानबहादुर गुरुङकाे संयोजकत्वमा समिति गठन गरेको हो ।

संघीय मञ्चको संघीय राष्ट्रिय महाधिवेशन हुनु पूर्व घोषणा गरिएको समितिमा संयोजक गुरुङ्सँगै उपसंयोजकहरुमा विशेन्द्र चेम्जोङ्,  विष्णु तुम्बाहाम्फे, चन्द्र खापुङ्, संगम खनाल, दिपा लिम्बु हाङसरोङ, चन्द्रसिं नेम्बाङ र इन्दीरा लिम्बु रहेका छन् ।

त्यसैगरी सचिवहरुमा भविराज तुम्सा, नविन पाेमू, रामबहादुर लिम्बु (चेम्जाेङ्), सागर केरुङ र नन्द मेन्याङ्बो रहेका छन् । समितिको सदस्यमा सुनिता केरुङ् रहेका छन् भने अन्य पछि थप गर्ने जनाइएको छ ।

 

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...