दमक हत्या प्रकरणमा संलग्नकाे प्रहरीद्वारा सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक,२ पुष । बुधबार बेलुकी साँझ ७ बजे घिमिरे मार्केटमा भएको हत्यामा घटनामा संलग्न दमक १ का २० वर्षीय अर्जुन लिम्बू पक्राउ परेका छन् । लिम्बुलाई दमक प्रहरीले पुष १ गते पक्राउ गरेको हो ।

उनलाई झापा प्रहरीले पत्रकार सम्मेलन मार्फत आज सार्बजनिक गरेको छ ।

दमकको घिमिरे मार्केटमा कार्यरत तेज प्रसाद पराजुलीको बुधबार साझ हत्या भएको थियो । ३ महिनाअघि उनीहरु बिच सामान्य बिबाद भएको प्रहरी अनुशासनबाट खुलेको छ ।

पराजुली दमकको एक फेन्सी पसलमा काम गर्दै आएका थिए । बिना कारण कुटपिट गरेकाले लिम्बुले पराजुलीलाई पानी भर्न गएको अवस्थामा घाटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

प्रहरी उपरीक्षक भट्टराईका अनुसार लिम्बू विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरि जिल्ला अदालत झापाबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको छ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...