लिम्बू चलचित्र ‘थेत्लङ्’को बिशेश प्रदर्शनी

 लिम्बुवान न्युज
                       

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश प्रदर्शन भएको छ । लिम्बू बिद्यार्थी मञ्च पान्थर र याक्थुङ युवा मञ्च पान्थरको संयुक्त आयोजनामा प्रदर्शन भएको हो ।

सो कार्यक्रमको अवसरमा निर्माता मोनिकुमार सुब्बा ताम्लिङ र कथाकार देवमान लिम्बू ‘होन्दोक’ लाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

ओपेरा डिजिटल प्रालिको व्यानरमा निर्मित ‘थेत्लङ’का कथा देवमान लिम्बू, पटकथा/संवाद सागर केरुङको रहेको छ भने किशोर सुब्बाले निर्देशन गरेका हुन् ।

चलचित्रमा सागर केरुङ, बिशाल सेनेहाङ, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबाङ, सुखविर लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...