दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
तेह्रथुम, ६ पौष । नेपालको पूर्व क्षेत्रमा मूल थाकथलो भई संसारका विभिन्न क्षेत्रमा छरिएर बसोवास गरेका लिम्बू समुदायहरुले आफ्नो मौलिक चाड चासोक तङ्नाम् हरेक वर्षको मंसिरे पूर्णिमाको दिनदेखि ३÷४ दिनसम्म हर्सोल्लासका साथ मनाउने गर्दछन् ।
यसै अवसरमा तेह्रथुमको छथर, हमरजुङमा रहेको ऐतिहासिक हाङ्मालुङ्मा भव्य रुपमा चासोक तङ्नाम् मनाइएको हो ।
ऐतिहासिक हाङ्मालुङ् संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रम सांस्कृतिक प्रबर्द्धन र ऐतिहासिक हाङ्मालुङ्लाई सांस्कृतिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले यहि क्षेत्रमा आयोजना गरिएको संस्थाका अध्यक्ष योगेन्द्र साङ्वाले वताए ।
सांस्कृतिक पर्यटन विकासको लागि यस आर्थिक वर्षमा केही पूर्वाधारको काम गरिने र पाकेका अन्नबाली प्रकृतिलाई चढाएर मानिसले ग्रहण गर्ने यो प्रकृतिमैत्री चाडलाई आगामी वर्षदेखि नियमित रुपमा आयोजना गरिने समाजसेवी तथा संस्थाका सदस्य कुल बहादुर साङ्वाले बताए ।
कार्यक्रममा सामुहिक चासोक थिसोक अनुष्ठान गरी च्याब्रुङ नाँच, धान नाँच समेत प्रस्तुत गरिएको थियो ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...